सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

मुर्दा सपना

Nepal Telecom ad

अाजभाेलि भालेहरू बास्दैनन्
किनभने तिनीहरूले
बिहान हुने कुनै लक्षण
देखेकै छैनन् ।
बरु लाटाेकाेसेराहरू भने
निकै कराउन थालेका छन्
यसरी कि मानाैं
अब बिहान हुँदै हुन्न ।
म रातरातभरि हेरिरहन्छु
मेरा ती सपनाहरूलाई
जुन पाेस्टमार्टमपछि
मलाई दिइएकाे छ लासकाे अाकारमा
कात्राेमा बेरेर
चिहानमा पुरिन र
चितामा जल्नका लागि तयार ।
हाे, म तिनै सपनाहरूलाई सिमलेर
बिहानकाे प्रतीक्षामा
भालेहरूलाई जगाउँदै छु
बास्नका लागि
यस कारण कि,
मेरा सपनाहरू फेरि
बाैराएर उठून्
ती मेरा मुर्दा लाग्ने सपनाहरू ।

बुटवल

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
तपाईं पत्रकार ?

तपाईं पत्रकार ?

सुभाषचन्द्र देवकाेटा
कविता लेखेर के हुन्छ ?

कविता लेखेर के हुन्छ...

भानुभक्त कुभिण्डेली
म मसिने चाेर

म मसिने चाेर

गाेपेन्द्रप्रसाद रिजाल