धनराज गिरीचराहरू किन बसाइँ सर्छन् ?

निदाएछु 
भुसुक्क
सपना {{read_more}}
हो
सपनामा पुगें “ईश्वर“को अदालतमा
बोलें, “प्रभु,चराहरू किन बसाइँ सर्छन् ?”
दाढीको झाडीबाट फुत्त निस्किएर
चियासित “कविता “पिउने वाचा गर्दै
बोले प्रभु, “हे योगी महाराज
यो धरामा
जब जब
चराहरू
बिचरा हुन पुग्छन्
नकचराहरूको रजाई चल्छ
विवेक मसानघाट पुग्छ
अनि
के लोचन
के “त्रिलोचन”
अँध्यारो गुफाबाट
उज्यालोतिर जान्छन्
बरू मागेर खान्छन्…
…………..
सीताजीको आवाज
नीद गायब ….
बिचरा चराहरू …. ।
चितवन
Subscribe
Login
0 Comments
Oldest








































