सुलसुलेअनुपमको साहित्यिक अनुष्ठान

काठमाडौं, २०७४ पौष १५ । अनुपम सिर्जना प्रतिष्ठान नेपाल, कलङ्कीको पैसठ्ठीऔँ रचना वाचन कार्यक्रम सम्पन्न भयो ।
{{read_more}} प्रतिष्ठानले हरेक महिना फरक विधामा रचना वाचन शुरू गरेको छ । वर्षको नवौँ पौष महिनामा गीत विधाको पालो परेको हुँदा यसपटक गीतलाई प्राथमिकता दिइएको थियो ।
कार्यक्रममा स्रष्टाहरूको सघन र व्यापक उपस्थिति भएको थियो । संस्थाका उपाध्यक्ष रमेशप्रसाद गौतमज्यूको अध्यक्षतामा गीत वाचन तथा गायन भव्यरूपमा सम्पन्न भयो । गीति रचनाहरूमा स्वाभिमान र राष्ट्रभक्तिको भावले भरिपूर्ण थिए ।
सो अवसरमा रचना वाचन गर्नेहरूमा रमेशप्रसाद गौतम, जगदीश्वर पोखरेल, अगन्धर अधिकारी, जनार्दन अधिकारी धड्कन, उमेश पाण्डे, अप्सरा सुनुवार, लिलाधर पाण्डे, श्यामप्रसाद सुवेदी, द्वारिका कुइकेल, उत्तम विचार भेटुवाल, जितु खड्का हुनुहुन्थ्यो । यसै गरी रचना वाचन गर्नेमा चूडा निर्भीक, दुर्गा रिमाल, निर्मल पराजुली, मुकुन्द न्यौपाने, पुरुषोत्तम सिग्देल, हृदयपाणि अधिकारी, बिनुबाबा घिमिरे, सूर्यवदना पण्डित, सूर्यकुमार पण्डित, देवकी ढुङ्गाना, पूर्णप्रसाद पन्त, बालकृष्ण सुवेदी, विनोददेव पन्त, ठाकुरप्रसाद प्रधान, आविस्कार, बिरहीसागर भट्ट, चन्द्रा न्यौपाने, तारा के.सी., कृष्णप्रसाद घिमिरे मैदेली, विमल साह, गिरिराम सेढाई, विजयध्वज थापा, लालकाजी श्रेष्ठ, भुवन सिवाकोटी तथा सुन्दर खड्काले पनि आआफ्ना गीति सिर्जना प्रस्तुत गरेका थिए ।
संस्थाका महासचिव जगदीश्वर पोखरेलले संस्थाको गतिविधिको वारेमा बोल्नु हुँदै हरेक महिनामा फरक विधाका रचना वाचन गरेर कार्यक्रमको आकर्षण बढाइने बताउउनु भयो । सभाध्यक्ष रमेशप्रसाद गौतमले आफ्ना धारणा व्यक्त गर्नु हुँदै सहभागीहरूलाई धन्यवाद सहित सभा विसर्जन गर्नु भएको थियो । संस्थाका सचिव जितु खड्काले आकर्षक शैलीमा कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।
Subscribe
Login
0 Comments
Oldest











































