सुलसुलेसुरभिको ८८औँ अाख्यान वाचन

सुरभि साहित्य प्रतिष्ठान, नेपालले आफ्नो नियमित मासिक कार्यक्रमको ८८ औँ आख्यान वाचन कार्यक्रम २०७४ पुस १५ गते शनिबार सम्पन्न
भयाे । {{read_more}} प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको अध्यक्षतामा सम्पन्न यस कार्यक्रममा कृषिविज्ञ तथा साहित्यकार शालग्राम अधिकारीको प्रमुख आतिथ्य थियो भने प्रह्लाद चालिसे र अमित लामा तामाङको आतिथ्यता थियो ।
२९६ औ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस नागरिक मूल समारोह समिति र योगी नरहरिनाथ ट्रष्ट आध्यात्मिक परिषद् एवम् सुरभि साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा पृथ्वी जयन्तीलाई सन्दर्भ पारेर रचिएका कथाहरू वाचन गरिएका थिए । रमेश भट्टराई पुजारी, रामचन्द्र खतिवडा, सुशील आचार्य, पवित्रा अधिकारी, रञ्जु खनाल, रञ्जना पराजुली लम्साल, भूधरा उपाध्याय, कुशुम शर्मा, महेशकुमार वाग्ले, सुशीला खड्का हसिना, परशुराम पराशर, प्रमोद प्याकुरेल र शालग्राम अधिकारीले कथा वाचन गर्नुभएको थियो ।
कथाकार प्रमोद प्याकुरेलले वाचित कथाहरूको समीक्षा गर्नुभएको थियो भने प्रतिष्ठानका उपाध्यक्ष परशुराम पराजुली पराशरले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । २९६ औ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस नागरिक मूल समारोह समिति र योगी नरहरिनाथ ट्रष्ट आध्यात्मिक परिषद्का महासचिव अमित लामा तामाङले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
Subscribe
Login
0 Comments
Oldest











































