सुलसुलेकवि मिश्रको ११० औँ जन्मजयन्ती

नेपालका प्रगतिवादी कवि युद्धप्रसाद मिश्रको ११० औँ जन्मजयन्ती मनाएर उहाँको नेपालको गणतन्त्र स्थापना गर्नमा उहाँको सृजनाबाट भएको
योगदानको स्मरण गरियो ।{{read_more}} पुस २७ मा भएको कार्यक्रममा उहाँको कविता बाचन, उहाँको बारेमा चर्चा गरेर सम्मान व्यक्त गरिएको थियो ।
युद्धप्रसाद मिश्र प्रतिष्ठाका अध्यक्ष कवि अनिल पौडेलको अध्यक्षतामा सप्पन्न कार्यक्रमका प्रमुख अतिथि साहित्यकार तथा पूर्बमन्त्री शान्ता मानबी, प्रा गोपीरमण उपाध्यय, उपाध्यक्ष डा. फणिन्द्र निरौला, साहित्य सन्ध्या र जन साहित्यिक मन्च, नेपालका अध्यक्ष राम बिनयले आआफ्नो धारणा राख्नु भएको थियो ।
सचिव लेख निरौलाले संचालन गर्नु भएको कार्यक्रममा कविका छानिएका कविताहरू कवि रमेश शुभेच्छुक, हरि भण्डारी, जयन्ता पोखरेल, सुदेश सत्यालले पाठ गर्नु भयो । कवि मिश्रको सुरु देखिको संघर्षरत जीवनको बारेमा छोरी कमला मिश्रले प्रकाश पार्नुभयो भने सचिब डा. बालचन्द्र मिश्रले प्रतिष्ठान स्थापनाको पृष्ठभूमि र यसको बिकासको बारेमा जानकारी व्यक्त गर्दै उपस्थित सबैलाई धन्यवाद दिनु भयो ।
अध्यक्ष अनिल पौडेलले समापन मन्तव्यको क्रममा प्रतिष्ठानले तीन उप समिति १) प्रकाशन उप समिति २) अनुसन्धान उप समिति ३)बृत चित्र उपसमिति ४) रचना, संगीत गायन उप समिति गठन गरिएको तथा पुरस्कार राषी बढाउन योजना रहेको जानकारी गराउनु भयो ।
Subscribe
Login
0 Comments
Oldest











































