साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साहित्य सन्ध्याको ३८० औँ शृङ्खला

Nepal Telecom ad

साहित्य सन्ध्याको नियमित मासिक ३८० औँ शृङ्खला माघ ६ गते “प्रगतिशील कवि, कविता र नेपाली साहित्य”का बारेमा परिचर्चा तथा विशेष  height=कविगोष्ठी गरी सम्पन्न भयो ।{{read_more}} सन्ध्याका अध्यक्ष रामविनयकोे अध्यक्षता र उपाध्यक्ष रमेश पोखरेलको सञ्चालनमा सम्पन्न विशेष समारोहमा प्राज्ञ नर्मदेश्वरी सत्याल, प्रा.डा.खेम दाहाल, डा.हरिप्रसाद सिलवाल, डा.टङ्क उप्रेती, प्राज्ञ सानु पहाडी, वरिष्ठ कवि उमेश उपाध्याय, साहित्यकार डम्बर पहाडी, साहित्यकार गिता त्रिपाठी अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । 

गोष्ठीमा डा.हरिप्रसाद सिलवालले ‘प्रगतिशील कवि, कविता र नेपाली साहित्य’का बारेमा चर्चा गर्नुहुँदै साहित्य सिर्जनाका माध्यमबाट प्रगतिशील हुँदै प्रगतिवादसम्मको यात्रा माक्र्सवादी वैचारिकता हो भन्नु भयो । उहाँले साहित्य अनुत्पादक हो र फुर्सदको मनोविलास हो भन्ने यथास्थितिवादी मनोविज्ञान पनि समाजमा विद्यमान छ, त्यस्तालाई विचारका माध्यमबाट हस्तक्षेप गर्दै वातावरण र व्यवहारसँग जोडेर साहित्यसिर्जना गरिनु उपयुक्त हुने बताउनु भयो । 

बालकवि नम्रता श्रेष्ठको कवतावाचनबाट थालनी गरिएको गोष्ठीमा देवकी के.सी., चूडा निर्भीक, मुकुन्द न्यौपाने, रमेश गौतम ‘पाल्पाली’, डम्बर पहाडी, सानु पहाडी, कात्यायन, नवराज श्रेष्ठ, डा.टङ्क उप्रेती, अभ्यस्त यात्री, बैरागी जेठा, नानीमैया अधिकारी, तीर्थराज भट्ट, अनिता लामा, नर्मदेश्वरी सत्याल, सागर थपलिया, प्रा.डा.खेम दाहाल, रचना दाहाल र रमेश पोखरेलले आआफ्ना अत्यन्त समसामयिक कविता, गीत, गजल वाचन गर्नुभएको थियो । 

वाचित सिर्जनामाथि कवि धनकुमारी सुनारले टिप्पणी गर्नुहुँदै कवितासिर्जना कविको कर्म भएको हुँदा कवितामा जीवनचेतना र सौन्दर्यचेतना हुनुपर्दछ भन्नु भयो । गोष्ठीका अध्यक्ष राम विनयले स्रष्टाको विश्वदृष्टिकोण स्पष्ट हुनुपर्ने र स्रष्टाको काम भनेकै खबरदारी गर्नु पर्ने दायित्व रहेको बताउनु भयो ।

साहित्य सन्ध्याको नियमित मासिक गोष्ठीमा आफ्ना नियात्रासहित आइदिन स्रष्टाहरूलाई आग्रह गरिएको छ र उत्कृट ठहरिएको एउटा नियात्रालाई “हरिप्रिया–हरिप्रसाद नियात्रा पुरस्कार” मासिक रूपमा रु.१,०००।–(एक हजार) पुरस्कार दिने व्यवस्था साहित्य सन्ध्यासँगको सहकार्यमा नियात्राकार पोष चापागाईँले गर्नुभएको छ । 

समारोहमा मङ्सिर महिनाका लागि प्राज्ञ नर्मदेश्वरी सत्यालको नियात्रालाई अध्यक्ष राम विनय र नियात्राकार पोष चापागाईँले संयुक्तरूपमा पुरस्कार अर्पण गर्नुभएको थियो ।

–रमेश पोखरेल
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x