साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सत्ता चढ्न लागेका वामहरूमा ?

Nepal Telecom ad

नेपाली कमिनिष्ट इष्ट–जन हो, धोका नदेउ अब  height=
बन्द्यौ बज्र समान सङ्गठनमा, फुट्दै नफुट्द्यौ अब । {{read_more}}
चर्काे दम्भ–अहम् पछार दुइले, लोभी र पापी नभै 
घूसैघूस र दाम जो लिन गयौ, फिर्ता गरे है सबै ।।

छोडी लालच–मोह–क्रोध अहिल्यै, जोगी महात्मा बन 
जे छन् सम्पति बैँकका नगद ता, लुक्ने नहोस् है अव ।
सच्चा सेवक बन्न आँट नभए, कुर्लेर के हुन्छ र ?
बासी जीर्ण स्वभाव नै हुन गए, फुर्केर के हुन्छ र ??

गोटी बन्न हुँदैन है विगतका, चर्का गरी भाषण 
खोटी बन्न हुँदैन बुझ्झक बने, चिप्लन्छ रे आसन ।
वैदेशी जनले घुमाउन यहाँ, सक्छन् चनाखो बन 
लोकैतन्त्र समाउँदै हिँड सधै, षड्यन्त्र चिर्छू भन ।।

छोड्द्यौ रे जडसूत्रवाद सजिलै, हाँस्द्यौ प्रजातन्त्रमा 
आफ्नो धर्म–प्रथा र सम्स्कृति लिँदै, नाच्द्यौ प्रजातन्त्रमा ।
मालेवाद– पखाल फाल युगले, सत्कार गर्दैन रे 
थोत्रा क्रान्ति रटेर राज्य अब ता, चल्दैन चल्दैन रे ।।

धादिङ
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
अगुल्टाले च्वाइँ ! जय ज्वाइँ !

अगुल्टाले च्वाइँ ! जय...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
पिण्ड स्थाने पिण्डम् !

पिण्ड स्थाने पिण्डम् !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय भनाैँ कि भय !

जय भनाैँ कि भय...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x