साइबर अपराध सम्बन्धी सचेतना सामग्री

के दिन्छ सङ्घीयता ?

Nepal Telecom ad

नाङ्गा छन् चुचुरा हिमालतिरका को लेख्छ नौलो कथा height=
मान्छे घोर घमण्डी अहमले के बुझ्छ यो सर्वथा {{read_more}}
औडाहा छ बखान गन्थन झनै वास्ता छ कस्को मुना
नेपाली बसुधा विशाल गरिमा निर्बन्धता भिन्तुना । १

कर्णाली छ सुधी न चामल मकै भोकै छ कोदो ऋणी
कोशीको चतरा छ बाँध धुलिशात् दुख्दै छ सुस्ता पिंढी
टारीखेत छ रे विदारक घना दच्कन्छ नारायणी
जालैजाल घनत्व खै भुवनमा उल्झन् छ रे रुक्मिणी । २

ताप्लेजुङ् थर बैतडी मुगु कहाँ बारा र पर्सा धरा
राराको जलले सिंचेन धरती उब्जन्छ के बाजुरा
शुक्लाफाँट छ बन्यजन्तु पहरा बन्दैन यो तस्कर
चुल्हो नै घर लुट्छ ताण्डव गरी सोहोर्छ झैं पत्कर । ३

ब्वाँसाको हुलमा तथास्तु धनको उग्रै भिखारी कला
अग्लो पाखर सभ्यता हिमगिरी भन्दैन क्वै दार्चुला
डोटी खप्तड हो तपस्थल जहाँ खै शान्तिको साधना
डोल्पा दिन्छ जडीबुटी घनघटा भोग्दैछ के यातना । ४

को बोल्छन् र महानता मुलुकको आफ्नै छ चासो रिता
आँफै बाहुबली बनेर रणमा के दिन्छ सङ्घीयता ?
सिङ्गो आपतमा प्रदेश बबुरो भाँडेर मष्तिष्क नै
उल्फाको झगडा निकाय लघुता ढाँटेर उत्कृष्ट खै ? ५

२०७५।२।१५ गणतन्त्र दिवस, गैंडाकोट
सम्पर्क ९८६१८७१४०४

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आकाश शून्य

आकाश शून्य

टङ्कराज ढकाल ‘तितेपाती’
आमा

आमा

टङ्कराज ढकाल ‘तितेपाती’
गरायौ हरायौ

गरायौ हरायौ

टङ्कराज ढकाल ‘तितेपाती’
सबै कुरा धनमाथि आश्रित

सबै कुरा धनमाथि आश्रित

टङ्कराज ढकाल ‘तितेपाती’
कता गयो कता गयो

कता गयो कता गयो

टङ्कराज ढकाल ‘तितेपाती’
कंस चरित्र

कंस चरित्र

टङ्कराज ढकाल ‘तितेपाती’
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x