सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

के दिन्छ सङ्घीयता ?

Nepal Telecom ad

नाङ्गा छन् चुचुरा हिमालतिरका को लेख्छ नौलो कथा height=
मान्छे घोर घमण्डी अहमले के बुझ्छ यो सर्वथा {{read_more}}
औडाहा छ बखान गन्थन झनै वास्ता छ कस्को मुना
नेपाली बसुधा विशाल गरिमा निर्बन्धता भिन्तुना । १

कर्णाली छ सुधी न चामल मकै भोकै छ कोदो ऋणी
कोशीको चतरा छ बाँध धुलिशात् दुख्दै छ सुस्ता पिंढी
टारीखेत छ रे विदारक घना दच्कन्छ नारायणी
जालैजाल घनत्व खै भुवनमा उल्झन् छ रे रुक्मिणी । २

ताप्लेजुङ् थर बैतडी मुगु कहाँ बारा र पर्सा धरा
राराको जलले सिंचेन धरती उब्जन्छ के बाजुरा
शुक्लाफाँट छ बन्यजन्तु पहरा बन्दैन यो तस्कर
चुल्हो नै घर लुट्छ ताण्डव गरी सोहोर्छ झैं पत्कर । ३

ब्वाँसाको हुलमा तथास्तु धनको उग्रै भिखारी कला
अग्लो पाखर सभ्यता हिमगिरी भन्दैन क्वै दार्चुला
डोटी खप्तड हो तपस्थल जहाँ खै शान्तिको साधना
डोल्पा दिन्छ जडीबुटी घनघटा भोग्दैछ के यातना । ४

को बोल्छन् र महानता मुलुकको आफ्नै छ चासो रिता
आँफै बाहुबली बनेर रणमा के दिन्छ सङ्घीयता ?
सिङ्गो आपतमा प्रदेश बबुरो भाँडेर मष्तिष्क नै
उल्फाको झगडा निकाय लघुता ढाँटेर उत्कृष्ट खै ? ५

२०७५।२।१५ गणतन्त्र दिवस, गैंडाकोट
सम्पर्क ९८६१८७१४०४

 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
छाक टारौँ कसोरी

छाक टारौँ कसोरी

टङ्कराज ढकाल ‘तितेपाती’
खेदौँ फटाहा

खेदौँ फटाहा

टङ्कराज ढकाल ‘तितेपाती’
नशा 

नशा 

टङ्कराज ढकाल ‘तितेपाती’
बिर्सिन् क्या यी शालिनीले मलाई

बिर्सिन् क्या यी शालिनीले...

टङ्कराज ढकाल ‘तितेपाती’
उधारो नतिर्ने पारा छ के हो ?

उधारो नतिर्ने पारा छ...

टङ्कराज ढकाल ‘तितेपाती’
छोपेर छोपिन्न

छोपेर छोपिन्न

टङ्कराज ढकाल ‘तितेपाती’
राष्ट्रिय करी चा-करी !

राष्ट्रिय करी चा-करी !

गायत्री परिरोशनी
ओठ र च्यापु

ओठ र च्यापु

भीम गाैतम
सम्धी पुराण

सम्धी पुराण

घनश्याम रेग्मी
भन मित्र आगे

भन मित्र आगे

देव भट्टराई (२)