साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बागलुङमा भूपि जयन्ती 

Nepal Telecom ad

बागलुङ २०७५ पुस १० । प्रगतिबादी धाराका कवी भूपि शेरचनको ८४ औ जन्मजयन्ति मंगलबार बागलुङमा पनि मनाइएको छ । {{read_more}} धौलागिरि साहित्य प्रतिष्ठानले  height=मंगलबार भुपि जयन्तीका अवसरमा भूपि अक्षय कोष स्थापना एबं स्रस्टा सम्मान कार्यक्रम गरी भूपि जयन्ती मनाएको हो ।

प्रतिष्ठानले स्थापना गरेको भूपि अक्षय कोषबाट पहिलो पुरस्कार ‘भूपिका कबितमा ब्यङ्ग्यालङ्कार चेतना’ अनुसन्धान’ कृतिका लेखक एबं त्रिभुवन विश्व बिद्यालयका शिक्षाध्यक्ष डाक्टर सुधा त्रिपाठीलाई प्रदान गरिएको छ ।

डा. त्रिपाठीलाई नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति एबं बरिष्ठ साहित्यकार सरुभक्त र प्रतिष्ठानका अध्यक्ष काजी रोशनले नगद रु १५ हजार सहित सम्मान पत्र र दोसल्ला ओडाएर पुरस्कृत गगर्नुभयो ।

त्यसैगरी भूपि सम्मानबाट नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति सरुभक्तलाई सम्मान गरिएको धौलागिरी साहित्य प्रतिष्ठान बागलुङले जनाएको छ ।

सो अवसरमा भूपि पुरस्कार अक्षय कोषका संस्थापक संरक्षक एबं कवि भूपिकी धर्मपत्नी कान्ति शेरचनलाई प्रतिष्ठानले कोष स्थापनामा सहयोग गरेको भन्दै सम्मान गरेको थियो । सो अवसरमा उनले भूपि पुरस्कार स्थापना गर्नका लागि परिवारको तर्फबाट रु.२ लाख नगद प्रदान गर्नुभएको थियो । 

सम्मान पछि बोल्दै संगीत तया नाट्य प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति सरुभक्तले कबि भूपिको सम्झनामा भूपिको अंचल बागलुङमा पुरस्कार स्थापना हुनु गौरवमय कार्य भएको बताउनु भयो । उहाँले प्रतिष्ठानले पहिलो पटक सहि ब्यक्तित्व छनोट गरेर सम्मान गरेको भन्दै आगामी दिनमा पनि कोषलाई बिकास गर्दै लैजान आग्रह गर्नुभयो ।

कार्यक्रममा सम्मानित सुधा त्रिपाठी, कोषका संस्थापक संरक्षक एबं कवि भुपिकी धर्मपत्नी कान्ति शेरचन धौलागिरी वाङ्गमय समाजका अध्यक्ष एबं समाजसेवी लालचन्द्र राजभण्डारी पर्वत साहित्य संगमका अध्यक्ष ईन्द्रमान खत्री म्याग्दी साहित्य समाजका अध्यक्ष धुव्रलाल शर्मा र नेपाल पत्रकार महासघं बागलुङ शाखाका अध्यक्ष दिल श्रीस लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

सो अवसरमा सम्मानित ब्याक्तित्व बारे धौलागिरी बहुमुखी क्याम्पसका सह प्राध्यापक हरि गौतम र कार्यक्रमको उदेश्य बारे सह प्राध्यापक हरि पाण्डेयले प्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा भूपि पुरस्कार स्थापनामा सहयोग गर्नेहरूलाई संस्थापक संरक्षक बरिष्ठ संस्थापक र संस्थापकको प्रमाण पत्र प्रदान समेत गरिएको थियो ।

भुपि पुरस्कार स्थापना गर्नका लागि बागलुङका कवि लेखक पत्रकार साहित्यकार उद्योगी ब्यापारी शैक्षिक ब्यक्तित्व लगायतले सहयोग गरेको प्रतिष्ठानका अध्यक्ष काजी रोशनले बताउनुभयो ।

कार्यक्रममा सम्मानित डा. त्रिपाठीले भूपि पुरस्कार स्थापनाका लागि भन्दै १६ हजार नगद प्रतिष्ठानका अध्यक्ष रोशनलाई प्रदान गर्नुभयो ।

कार्यक्रम धौलागिरी साहित्य प्रतिष्ठानका अध्यक्ष रोशनको अध्यक्षता प्रतिष्ठानका सदस्य एबं बरिष्ठ अधिवक्ता पद्मनाथ शर्माको स्वागत मन्तब्य र सचिव राम थापा अबिरलको संचालनमा सम्पन्न भएको थियो ।

धवलागिरी अन्चल मुस्ताङ जिल्ला थाक टुकुचेमा बि स १९९२ सालमा जन्मेका कवि भूपि शेरचनको २०४६ सालमा निधन भएको थियो । भूपिका ‘नयाँ झ्याउरे’, ‘निर्झर’, ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ लगायतका कबितासंग्रह चर्चित छन् ।
–कोपिला कँडेल 
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x