साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘समाजवादी यथार्थवाद र नेपाली साहित्य’ चर्चा तथा कविगोष्ठी

Nepal Telecom ad

साहित्य सन्ध्याको नियमित मासिक ३९० औँ शृङ्खला पुस ७ गते शनिबार राजधानीमा ‘समाजवादी यथार्थवाद र नेपाली साहित्य’ विषयक परिचर्चा तथा कविगोष्ठी गरी सम्पन्न  height=भयो । {{read_more}} साहित्य सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न उक्त विशेष कार्यक्रमको सञ्चालन प्रशान्त खरेलले गर्नुभएको थियो । समारोहका अतिथिहरूमा प्राज्ञ डा.हेमनाथ पौडेल, जनगायक जे.बी.टुहुरे, गायक एवम् सङ्गीतकार माधव प्रधान, समालोचक डा.हरिप्रसाद सिलवाल, वरिष्ठ कविहरू कणाद महर्षि, उमेश उपाध्याय, डिल्लीराज अर्याल, नन्दु उप्रेतीलगायत उपस्थित हुनुहुन्थ्यो । 
‘समाजवादी यथार्थवाद र नेपाली साहित्य’ विषयमा डा.हेमनाथ पौडेलले तथ्यपरक, यथार्थपरक, विश्लेषणमूलक ढङ्गले उदाहरणसहित चर्चा गर्नुभयो । 

जनगायक जे.बी.टुहुरेले ‘देशभक्तहरू सबै जुट्नुपर्ने भो’ र ‘पानी सलल’ बोलका गीत गाउनुभएको थियो {{read_more}} भने गायक माधव प्रधानले ‘जाति र पाती म मान्दै मान्दिन’ बोलको चर्चित गीत गाउनुभएको थियो । सोही समारोहमा बालसाहित्यकार देवकी के.सी.द्वारा लिखित ‘अनौठो तरिकाले’ बालकथासङ्ग्र्रहको पनि लोकार्पण गरिएको थियो । 
गोष्ठीमा कणाद महर्षि, उमेश उपाध्याय, धनबहादुर मगर, देवकी केसी, ओमप्रसाद कोइराला, डिल्लीराज अर्याल, राम विनय, मुकुन्द न्यौपाने, गोपाल नेपाल, डा.हेमनाथ पौडेल, डा.हरिप्रसाद सिलवाल, उर्मिला पन्त, कात्यायन, असीम सागर, गणेश घिमिरे ‘मार्मिक’, पार्वती ज्ञवाली, मिसन अधिकारी, मदन मगर, नन्दु उप्रेती, नारायण निरासी, प्रकाश जोशी, अनिता लामा, ऐश्वर्य जोशी, बैरागी जेठा, भावना न्यौपाने, प्रशान्त खरेल र ख्यालमान राईले आआफ्ना कविता, गजल वाचन गर्नुभएको थियो । 

वाचित कवितामाथि टिप्पणी गर्नुहुँदै समालोचक डा.हरिप्रसाद सिलवालले वर्तमान अवस्थामा देखिएका विकृति र विसङ्गतिको विरोधमा कविता लेखिएका र जननेता मदन भण्डारीले भने जस्तै दलाल नोकरशाही पुँजीबाद अहिलेको समाजको दुस्मन भएको यथार्थलाई कविहरूले कवितामा सङ्केत गरेको बताउनु भयो ।  समाज रूपान्तरणका पक्षमा बुलन्द आबाज उठाएको बताउँदै अधिकांश कविताको यो स्वर आजको गोष्ठीको उपलब्धि रहेको छ भन्ने धारणा राख्नुभयो । 

समारोहका अध्यक्ष राम विनयले भन्नु भयो– आजको यो विशेष समारोहमा २८ जना स्रष्टाले आफ्ना रचना वाचन गर्नुभयो र ती सबैको केस्रा केस्रा केलाइदिएर डा.हरिप्रसाद सिलवालले समीक्षा गरिदिनुभयो । हामी उहाँलाई पनि हार्दिक आभार व्यक्त गर्दछौँ । आगामी महिनामा फेरि कुनै समसामयिक विषयमा बहस गर्नेगरी उपस्थित हुने छौँ भन्नुहुँदै उहाँले समारोहको समापन गर्नुभयो ।
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x