साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुरभिको १००औँ शृङ्खलामा वसन्तकुमारलाई सम्मान

Nepal Telecom ad

सुरभि साहित्य प्रतिष्ठानले आख्यान वाचन कार्यक्रमको १०० औँ शृङ्खला पूरा गरेको छ । {{read_more}} उक्त कार्यक्रममा प्रथम शृङ्खलामा प्रमुख अतिथि बन्नुभएका  height=वसन्तकुमार शम्र्मा नेपाललाई सम्मानपत्र, दोसल्ला र नगद रु. सहित सम्मान अर्पण गरिएको थियो । 

यस विशेष कार्यक्रममा प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे, विशिष्ट अतिथि उपमेयर शान्ति नेपाल हुनुहुन्थ्यो भने अतिथिहरूमा साहित्यकार शालिग्राम अधिकारी, सुरभिका संरक्षकद्वय गोविन्द घिमिरे वेदमणि र युवराज मैनाली, सुरभिका सल्लाहकारत्रय माधव खनाल, प्रह्लाद चालिसे र गङ्गा पौडेल कर्माचार्य रहनु भएको थियो । त्यस्तै अन्य अतिथिहरूमा वडा नं.८ का वडाअध्यक्ष मनोज ढुङ्गाना, नरमेन्द्र लामा, लक्ष्मण श्रेष्ठ, महेन्द्र चालिसे, दिवाकर चालिसे, सुरेन्द्र चालिसे, सानी भेरी एफ.एम. को साहित्यिक कार्यक्रम सञ्चालिका सृजना शर्मा, हुनुहुन्थ्यो । यस कार्यक्रममा वसन्तकुमार शम्र्मा नेपाल स्वास्थ्यका कारणले उपस्थित हुन नसक्नु भएकाले उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उक्त पुरस्कार रमेश भट्टराई पुजारीमार्फत प्रमुख अतिथि मेयर सन्तोष चालिसेले अर्पण गर्नुभएको थियो । 

यस कार्यक्रममा सुशील आचार्य, भूधरा उपाध्याय, प्रमोद प्याकुरेल, महेन्द्र चालिसे, महेशकुमार वाग्ले, रमेश भट्टराई पुजारी, गङ्गा कर्माचार्य पौडेल, रन्जु खनाल, सृजना शर्मा, युवराज मैनाली, गोविन्द घिमिरे वेदमणि, शालग्राम अधिकारी लगायतले कथा–लघुकथा वाचन गर्नुभएको थियो । उक्त यस कार्यक्रममा बोल्दै मेयर सन्तोष चालिसेले आख्यानकार रमेश विकल र हास्यव्यङ्ग्यकार भैरव अर्यालको जन्मस्थल तथा कर्मस्थल रहेको यस नगरपालिकालाई साहित्यको तीर्थस्थल बनाउन यस क्षेत्रका साहित्यकारको पहिले र पछि नेपाली साहित्यकारहरूको गोष्ठी एवम् सम्मेलन गराउने कार्य गरिने बताउनुभयो । यस कार्यको लागि पहल गरिदिन सबै साहित्यकारलाई आह्वान पनि गर्नुभयो । साथै सुरभि साहित्य प्रतिष्ठानको कार्यको सराहना गर्दै उहाँले लेखेको गीत रेडियो नेपालबाट रेकर्डिङ भएको जानकारी गराउनुभयो । उहाँले साहित्यको पठन आफ्नो रुचिको विषय भएको समेत बताउनुभयो । उपमेयर शान्ति नेपालले पनि साहित्य सम्मेलन आवश्यक भएको बताउनुभयो । यस कार्यक्रममा वडाअध्यक्ष मनोज ढुङ्गानाले समेत बोल्नुभएको थियो । 

सुरभि साहित्य प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको अध्यक्षता रहेको यस कार्यक्रमको सञ्चालन उपाध्यक्ष परशुराम पराशरले गर्नुभएको थियो भने कोषाध्यक्ष रामकुमार पण्डित क्षेत्रीले स्वागत गर्नुभएको थियो । 
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x