सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

ठिब्ठ्याब् जात्रा

Nepal Telecom ad

भन्न खोजेको थिङ्कट्याङ्क रहेछ, भनिएछ ठिब्ठ्याब । हाड नभएको तर देख्नमा डाल न ठह¥¥यो यो जिब्रो भनिने खानाको काल, पानीलौरे साइँदुवा लवस्तरो माल !  height={{read_more}} कामकाज कुछै नास्ति, उहाँ भने चौबीसै घडी चौरासीथरी हल्ला व्यञ्जनको स्वाद खोजेर सास्ती ! त्यही साइँदुवा जिब्रो अझै छाडा पल्टिएर हिजो आज भाषाशास्त्री महापण्डितहरूको सुगारटाइमा दुनियाँदारका आँगन चाहारेर कात्तिके फेरि लगाउन पुगेको छ । अनि रातारात टोलटोल दगुरेर । ‘भाषा सपार अभियान’ नामक छिपाको सुपरहल्ला मच्चाएको छ । स्कूले गुरुमात्र होइन, छाउरा भुराहरूको लेखाइ बोलीको बेहाली त भनीसाध्यै छैन । उता चौथो अङ्गका साँडे बाच्छासमेत मुख बिगारेर जिब्रो बटारेर नाक खुम्च्याएर भाषाभँडारमाथि झालर, जरी र फुल्झडी जडेर दिउँसै झिलीमिली तारा देखाउन लागीपरेका छन् । टीभी रेडियो नाउँका हल्लाकारी भाँडाभित्र पसेर खवरकार नानीबाबुले गाँठी कुरो के भन्न खोजेका हुन् त भन्ने बुभ्mन परे चन्द्रागिरि डाँडै चड्नु पर्ने । केबुलकारमा झुण्डिएर पुग्दा पनि न हुने, पैदल सयर गर्नु पर्ने । ठाउँमै पुगेर पनि भाषण ताषणले मात्र न पुग्ने, कवितै जो लेख्नु पर्ने ! यो के अचम्म ? यति बेर रैती दुनियाँलाई परेको छ गठेमङ्गलका सडके केटाकेटी बिर्साउने ¥याख¥याख्ती ।

हालका दिनमा आएर नेपाली भाषाभण्डारमा भएको अतिवृद्धिले हो कि ? बोलचाल विधिमा आएको विदेशी लूतो, दादुरा संक्रमणले हो, मौलिक उच्चारणमा नै परिदिएछ र्याबठ्याब नमिलेर डोठ्याब ! जुग सुहाँदो नेपाली भाषा बनाउने गुरुवर्गको महान् अभियान घरसारको कपाली तमसुक बन्न पुग्दा विद्यालय कलेजका चेलाचपेटा रनभुल्लै । अनि मीठो भाषा झर्रो भाषा दरो भाषा जेजस्तो बनाउन खोज्दा पनि अभियन्ताहरू चिल्लै । यता अभिभावकदेखि अनुसन्धान कर्तासम्मको कन्तबिजोगी बिल्लिबाठ । नयाँ मानक तयार गर्न पसल थापेर हल्ला मच्चाउने विद्वन्त जनहरूले पुर्खाले
रचेको भाषागत मौलिक धरातललार्इृ नौ रेक्टर स्केलको कम्पन चलाएर श्रोता पाठक जनताको अझै पार्ने हुन् कि वा उठिवास ! हुन त जात्रैजात्राको रँगेला चल्ने यो देशमा अर्को एउटा भाषाजात्रा थपियो त के विगा¥यो ? नयाँ आएको संघीय समाजवादी गणतन्त्रलाई संस्थागत गरेर जनतालाई यसको फल चखाउन यस्ता जात्राहरूको अग्रणी भूमिका रहने पक्कै छ । बोडे जात्राका हिरो बुद्ध कृष्णका खलकले वर्षैपिच्छे फलामको सुइराले जिब्रो छेडेर आफ्नो पुख्र्यौली परम्परा धानीआएका छन् त के बिराए ? किन त भने त्यहाँकी रैथाने कुलदेवी नीलबाराही मातालाई आफ्ना भक्तले जिब्रो छेडाउने ब्रत गरेको मन पर्छ अरे ! त्यस्तै भैरव देउता झनै खुशी भएर दर्विलो आशिर्वाद प्रदान गर्छन् अरे ।

नुवाकोटको रालुका गाउँमा लाग्ने गोरुजात्राले हिजोआज गाग्रीको चलन हराए पनि नयाँ प्रकारको बीँडो थामी आएको छ । राजीखुशी जिब्रो छेडेर शास्ती बेहोर्ने काम मानव अधिकारको हो भने सिब फुकालेर रगताम्मे हुनेगरी जुध्न पाउनु पनि पशु अधिकारको कुरा हो नि ! जाबो स्पेनको साँडे जात्रा त के जात्रा ? मादक पदार्थले उत्तेजित बनेका गोरुलाई जिस्काएर हान्न लगाउने त बिजात्रा हो त्यस्तो छुसी । अझ घातक आक्रमणमा मान्छे खँजाहा हुने या त मास छर्न पुग्ने सम्मका क्रियाकलापलाई उत्सवका रूपमा लिएर गोरु जात्रा मनाउने काम पशु अधिकारको हिफाजत हो त ? यता हाम्रा गोरु जात्रामा गोरुगोरुबीच हुने प्रतिस्पर्धामा सीमित रहेर मान्छेको जिउज्यानलाई केही नहुने भएकोले पनि यसलाई जात्रामध्येको उत्तम श्रेणीमा राख्नु वेश !

हुन त बाच्छा बाच्छीलाई सिंगारपटारसहित अघि लगाएर चल्ने गाईजात्रा पनि पशु महत्वको गरिमापूर्ण जात्रा मानिन्छ । सत्ताधारी शासक र ठूलाठालूले गर्ने विजाँइ विठ्याइँको सखल्ल अभिनय गरेर तिनका सिबजुरामाथि घन बजार्ने दाउ हो यो । तर विकृति नाउका बहिनीले दिदी सुकृतिलाई नै च्याट गरेर कतै ट्याटू भरेर रँगाउने भएपछि यो दाउ पनि भाउ न साउको झ्याउ मात्र बनेको छ । सञ्चार विचार अचार आदि तथानाम मिडिया छापाले गरेको कार्टून साहित्य प्रदर्शनी देखेर आनिबानी र असत् व्यवहार सुधार्ने कति भद्रजन भेटिएलान् त ? कुरो खोजीकै छ । 

सरकार जब उल्लूको सरदार बन्न छाडेर जनताको निम्ति असरदार काम गर्न थाल्छ तव ठिबठ्याबको पनि दर्कार थपिंदै जाँदोरहेछ । अहिले हाम्रोमा भएको छ यस्तै ! ती ठिबठ्याब अर्थात् थिङ्क ट्याङ्कहरू शासक सत्ताभित्रकै हरूवा चरुवा पर्ने हुँदा उनीहरू इमान्दारमात्र होइन घाँसपानीको जोहो गर्न सक्ने मालदार पनि त हुने नै भए । राणकालका डिठ्ठा लप्टनजस्तै माल चडाएर नै शासकका कारिन्दा करिया बन्ने न हो ? थिङ्क पनि ट्याङ्क पनि एकै खाडलभित्र लयदार रूपमा मिसिएपछि अरु बाँकीताँकी पनि केही रहँदैन भन्दा डोठ्याब् नपर्ला ! मन्तरी ज्यूले जथाभावी बोल्नेदेखि फुमन्तरीजूले बोलीरहने र खालि बोलीमात्र रहने भएपछि मिलेन त देश सिँगार्ने रसायनको पाइन् ? वाइड बडी भनेर वर्षैपिच्छे गडबडी जहाज भित्र्याउन पल्केको सरकारले देशलाई धरापतिर लैजाँदै गरेको चाल पाउँनु नपाउनु आआप्mनै खुवी न हो ? 

विदेशी पर्यटक भित्र्याउने र देशका युवा जति दिनदिनै बाहिर लखेटेर बिरालाले तातोचुलो तापेको चाल गर्न पछि नपर्ने भाषण भास्करका अमरअजर तर बेअसर वाणीको विश्लेषण र संश्लेषण बुझ्न, बुझाउँन र व्याख्या गर्न पनि दुईचार थान ठिबठ्याबे बथानको दर्कार पर्ने कुरा पक्कै हो । हुन त भदौरे छिचिमिरा झैं तरबर्रै पलाएका जान्नेसुन्नेको भेलबाडी आएको बेला यो देशको सरकारलाई राय मसविरा दिने हल्लाकारको खाँचो कमी हुने कुरा त भएन । त्यसमा अझै थपथाप योजना आयोगदेखि रोजीछाडी नियोगसम्मका कमाउ धेनुहरू राज्यको ढुकुटी खन्तीखलाँस पारेर स्वात्तै रित्याउने काममा लागेकै छन् । रातभरि विदेशीका अँगेरिपानीले मात्तिएर दिनभरि झुँगालो मेट्न झुलीरहेका घुरनमहारथीहरू कुटनीतिक प्रतिनिधि भएर विदेशमासमेत् देशको शिर उचो बनाइरहेका बेला समृद्धिको पाण्डोरा बक्स खुल्नै आँटेको त पूर्व जानकारी न पाइने कुरै भएन । अझ त्यतिले नपुगे ढल नाली सडकका अलकत्रा धरी सट्टै पिएर दिनरात घुर्ने उग्राउने अझ खोलाबगरले नपुगे चुरे महाभारत पहाडै फोरेर गिट्टी बालुवा समेत् मरमरी चपाउन र ठाडै पचाउन सक्ने परजीवी बुद्धिजीवी सुद्धिजीवीसम्मको छाडा बथान देशभित्र साँडा पल्टिएर पाउलागी परेकै छ । त्यतिले पनि सुशान समृद्धिको चोला त कहाँ फेरिएला र ? ठिबठ्याब बगालका अरू थपथाप प्रवक्ता र धुरन्धर अधिकारवादी वक्तासम्मको घुइँचो लाग्दा पो सरकारको पाइन् अझै चम्किएको देख्न पाइन्छ होला । कहिलेकहीँ दिमाग छड्किएर वनकालीका साँढेलाई बौलाउने मन हुँदा पनि यिनै आयोग नियोगका धुपौरेहरूले वक्तव्यबाजीको मेसो मिलाउनु र वृषभ अनुराग समनको क्रियाकर्म फत्ते गर्नु वाञ्छनीय जो ठहर्छ ।

कहिलेकाहीं साँढेलाई कविता पाठ गर्न मन लाग्ला, कहिले भजन गाएर तवलामा रमाउने पनि लहड चल्न सक्छ ! प्राणीमात्रमा देखिने यस्ता राग विराग र अनुरागको समन अनि सामना गर्न ठिबठ्याब वर्गका चमेरे झुण्डहरू सत्य युगका शण्डमुशण्डभन्दा कता हो कता काविल जो ठहर्छन् । काँचो कलि न हो यो जुगमध्येको पनि ! यिनलाई पनि तीन कोश उछिनेर विश्वकप विजेता शैलीमा उफ्रने कुदने र हान्ने लक्ष भेदन गर्ने काममा अर्काले साँधसिमाना मिचेको र आप्mना स्वदेशी भाइबहिनी बाबुआमालाई हत्या अपहरणमा पारेको पनि नदेख्ने न सुन्ने देश रक्षक सुरक्षा सल्लाहकार नाउँका विशेषखाले भातमारा ठिब्ठयाब् वर्गको त अझ ठूलो दर्कार पर्ने रहेछ यो तवलावादी गणतन्त्रमा । 

झलक्क देख्दा सुन्दा रुखासुख्खा र काँडेदार शब्दहरूको अक्टोपस लाग्ने ठिबठ्याब जमात आपैmँ महोत्सवको निर्माता पनि हो । ठूलठूला आयोजना तयार गर्ने तर कहिल्यै पुरा नगर्ने उनीहरूको करामतचाहिँ विदेश संबन्धको उत्पातीकरणले नै बताउँछ । हूलमुलमा पसेर आपूm सप्रिने र देश बिगार्ने प्राविधिक भनाउँदा विजेता वर्गचैं अझ माथिल्लो दर्जाका अभियन्तामा पर्दछन् । किन भने उनीहरू आठ लेनका बाटा डिजाइन गर्छन् र निर्माण पूरा भएपछि अर्को सालदेखि भत्काउन पनि थाल्छन् । किन त भन्दा पहिलो डिजाइनमा फ्लाइ ओभर छुटिदिएको हुन्छ । सुरुबमार्ग निर्माणको हौवा रचेर शेयर उठाउँदै पर्जा जनलाई बेकूप बनाएर ठग्न सक्छन् । वर्षैसालको अनवरत निर्माण पुनर्निर्माणबाट सन्तानदरसन्तान प्राप्त हुने पर्सेन्टेज कमिसनको चाँदीकटाइले उनिहरूको महनीयता चुलिएको अनि बुद्धिविवेक बढी तर्कशील बनेको हुन्छ । धनदौलतको चाबमा चडेर बुर्लुककै स्वर्ग जाने काम छोडेर बेकामे जनताका लागि कसले धामा गरिदिने ?

उता अर्का थरी विज्ञ शिेषज्ञहरूको झनै कुरा गरीसाध्य छैन । विज्ञ समूहको नाउले औंसीपूर्णे खडा हुने स्वनामधन्य यो मनुवाजमातले आफ्नो देशभित्र पसेर नागरिक मार्ने, भूभाग डुवाइ दिने, साँधसीमाना मिच्नेदेखि दुइतिरका छिमेकी मिलेर सुइँकोसम्म नदिई लिम्पिया धुरामा घाँटी थिच्ने कर्म गरेपनि रमिता मानेर थपडी मार्ने कर्म भने इमान्दारीसाथ गर्दै आएको छ । छिमेकीले आप्mनो घरभित्र पसेर हुर्मत इज्जत केही पर्वाह नराखी मिचमाच र पेलपाल गर्दा ठिबठ्याबहरू झन्झन् रमाउने गर्छन् र सिकन्दर महान्को अगाडि परेका हरूवा ड्यूकझैं बीर्ता बक्सिसको आसमा बत्तीसी देखाएर कर जोरी आराधना प्रार्थना गर्दछन् । तव न ठिब्ठयाब् करामत !

आचार, विचार सदाचारको जिरामरिच खुर्सानीले ट्याङ्की भरेर थाप्लो माथि भिरेका महानायकहरू नै अवका दिनमा गणनायक हुनु पर्छ । ठिब्ठ्याब् निर्माण गर्न पनि पंचायत कालमा जस्तो सजिलो रहेनछ । उहिले लागू औषध सेवनमा रमाएका आकाशपातल जलथल माफियाको नेतृत्वमा पुगेर दलाली कमिशन उठाउने अनि देशलाई अन्धकारमा राखीछोड्न सक्षम देशका शासकहरूका भान्जा भतिजा जुवाइँ मित मितिनी र भित्रियामा दरिएकाहरू नै यस पदवीकोलागि खारिएका चाँदीको चाँदतोडाले सुशोभित सुयोग्य दर्जावाल मानिन्थे । तर अव उतिवेरका यी प्रावधानमात्र पर्याप्त रहेनन् ।

तीनको ठाउँमा थपथाप भूमाफिया र सुन ओसार्ने अनि बोर्डरको जमीन र मानव बेचविखन जस्ता प्रविधिमा पोख्तहरूसमेत यस जटिल संरचनाकालागि योग्यताको अग्र पब्क्तिमा पर्ने भएका छन् । यसको निर्माणकोलागि चाहिने
कच्चा पदार्थ पनि सत्ताधारीको अठोट नियत अनि संस्कार संस्कृति अनुकूल फेरिने जो ठहर्छ । छतमाथि राखिने हिलटेक् ट्याङ्कीमा पानीमात्र होइन स्वच्छ कमाइका पोकापन्तुरा मुठा बिटा पनि लुकीखेल्ने जमाना न हो यो ? तर थिङ्कट्याङ्क बनाउन जमिनमुनि बनाइने सेफ्टी ट्याङ्की या त जमिनमाथि ठडिने आकाशे पानी संकलक ट्याङ्कीमाजस्तो रड सिमेन्ट गिट्टी बालुवाले काम नचल्ने रहेछ । सक्षम विचारशील अचारभक्षी ठिब्ठ्याब् बनाउन त अझै तपसीलका ऊर्जाशील तत्वको दर्कार झनै टड्कारो देखिन आयो । काठको धुलो, धानको भुस, गहुँको कन, मासको कुनाउरोजस्ता अत्युत्तम रासायनिक पदार्थमा जर्सी गाईको गोवर मलमाल गरेर मस्तिष्क र धमनीहरू निर्माण गर्नु पर्ने जो अनुसन्धान र अनुभवले बतायो । 

त्यस्तै खोलाकिनारमा फालिएका थोत्राचिथ्रा थाब्ना, चप्पल, प्लाष्टिक आदि पदार्थले ठिब्ठ्याबहरूको कायाकल्प निर्माण गरेर सुन्दर परिधानले वेष्ठित पार्दै दरो बाँसका खुट्टा राखेर टक टक हिँड्ने अनि अगाडि परेर मालिकको आशय बुझेर हाँस्ने, रुने, गीत गाउने अनि विभिन्न ताल झिकेर कहिले ताथै ताथै लयमा कत्थक त कहिले झ्याउरे र सोरठी भाकामा छम छम नाच्ने सामथ्र्य पनि भर्नुपर्ने रहेछ । यी र अझै यस्ता सय पचासजति मुख्य विशेषता भएपछि भने होटेल रेष्टुराँ या कफीशपमा थला मलेर सिब न पुच्छरको कुरा गर्दै नेता नायकका प्रशंसा प्रसस्ति तयार गर्न यिनको थप काम जो वाञ्छनीय देखिन्छ ।

पत्रपत्रिका टी.भी रेडियोमा जथाभावी लेख्ने, बोल्ने बहादुरी देखाएका ठिबठ्याबहरूले यो देशलाई भँड्खाराबाट उँभो लगाउने र बाढी पहिराको प्रकोपबाट हेलै जोगाउने पनि पक्का छ । किन त भन्दा हुटिट्याउँले पनि उसको विचारमा समृद्धि र स्थिरताको आकाश थामेकै हो । त्यसैले कोही मानोस् नमानोस्, यतिबेर देश उठाउने टेको अडेसो जे भने नि ठिब्ठ्याब् नै हो । यसैमा सर्वसमत अभिमत हुपर्छ भन्छ यो खोटो किस्मतेले पनि ।

बानेश्वर ०९८४१६४७१८९
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
जादूको मिटर !

जादूको मिटर !

नरेन्द्रराज पौडेल
आ-आफ्नै भाँडतन्त्र

आ-आफ्नै भाँडतन्त्र

नरेन्द्रराज पौडेल
पुरेत फर्ने रोग

पुरेत फर्ने रोग

नरेन्द्रराज पौडेल
राहत रमिता !

राहत रमिता !

नरेन्द्रराज पौडेल
अथ श्री पालिकापुराणम् !

अथ श्री पालिकापुराणम् !

नरेन्द्रराज पौडेल
चड्कनचर्या

चड्कनचर्या

नरेन्द्रराज पौडेल