फित्काैली डटकमघर–खर्चको, फाँटवारी मिलाउँदा
राष्ट्र भनेको महासागर हो । उसले समेटेका अचार जल शशि पहाडी खोला–खोल्सा, नदी हुँदै, सागरहरूमा बटु लिइँदै, अन्तमा यस्ता विभिन्न सागरमा पानी भेला भएर महासागर बन्न पुग्छ । उसै गरी, घर–परिवार, गाउँ, समाज पञ्चायत एकाइ, जिल्ला हुँदै यस्ता जिल्लाहरूका मेलले राँड बन्दछन् औ राज्यहरूका समूहले एउटा राष्ट्र बन्न जान यसबाट घर–परिवारलाई राष्ट्रको मूलजरो भनेर भन्न सकिन्छ । यसो भएको कारणले राष्ट्रले आफ्नो सञ्चालन निम्ति जस्ता प्रकारका योजनाहरू तयार पार्छ प्रत्येक परिवारले गौण रूपमा घर परिवार सञ्चालनका निम्ति पनि अति लघु आकारकै भए ता पनि यस्तै प्रकारको मासिक अथवा वार्षिक खर्च सञ्चालन संहिता तयार पार्छ अर्थ सञ्चालनमा अलिकति पनि बितल पर्न गए, राजाबाट रङ्क बन्नलाई केही बेर पनि लाग्दैन यस्ता लक्ष्मीबाट लात्ति खाएका हात्तीहरूलाई भिजेको बिरालो भएर हिँडेको धेरै चोटी देखिएको पनि छ ।
भारतीय परिवार सञ्चालनको परिपाटी हेरे, खर्चको तारतम्य मिलाउने काम विशेष गृहिणीहरूद्वारा नै सम्पन्न हुने गर्दछ । यसको एउटा उज्यालो पक्ष पनि छ । महिनाभरि घर खर्चका निम्ति एउटा सानोसानो पोको श्रीमतीतर्फ झट्याएर घरबाबु साँढेजस्तै भएर निर्धक्क उङ्न पाउँछ । यस्तो कार्यकलापको अर्को भरिलो पक्ष के पनि छ भने कुनै प्रकाको चन्दाको फन्दाले बाँध्न आउने स्वयम्–सेवकको दललाई, शुद्ध प्रकारले थाङ्नामा सुताउन सकिन्छ । यस्तो दलको अनागमनको सुँइको पाएपछि, आफू मात्र बाहिर निस्केर एक निस्वार्थ समाज सेवीको मुखुण्डो ओडेर नम्र प्रकारले यस्तो दलको पदार्पणको खै लिएर नम्र प्रकारले यस्तो दलको पदार्पणके खै लिएर समाज सेवा जस्तो पुनीत कार्यका निम्ति आफू जैले पनि उदार रहेको तर यसपाला चाहिँ कन्तुरको साँचो गुरुआमाकै साथ लागेर बाहिर गएको हुनाले यस्तो सुकर्मको संयात्री आफू हुन नपाएकोमा खेद प्रकट गर्नुपर्छ । यो सानो नाटिकाले समाजमा आफ्नो गरिमा कहिले पनि घटि पर्न जाँदैन । फेरि आफ्नै थैली पनि ज्यूँका त्यूँ ।
तर आजभोलि पुरुष जातिको चासो रुपियाँमा गई बसेको छ । नारी–प्रधान अर्थ सञ्चालनकी नायिका–घर गृहिणी महिनाभरिको खर्च चलाउने राशि, यसो अलिकति के दिइएको हुँदैन, कहाँ खर्च भयो र केमा खर्च भयो भनेर रातदिन उपियाँले जस्तै टोकेको टोकेकै गर्छन्, प्राःय सबैले यस्तो व्योहोरा प्रर्दशन गर्नेहरूको सूचीमा यस बबुराको नाउँ पनि पर्न गएको छ । एक दिन श्रीमतीको सनक भूतसवार भएको कुबेलामा आफू निकै ठालु भएर खर्चको विवरण माग्ने भएँ । उनले एक्कासि भुइँभालुको रूप धारण गरेर बर्सिन थालिन् “अब उसो घर–खर्च, चाडबाड, बिहेबटुलो, मराउ–पराउ, गुरु–पुरोहित सेवा, दुखाइ, पिर सबै आफैँ नै उतार्नु । महिनाभरि यति पैसा फ्यात्त फ्याँकेर बडो हिसाबकिताब खोज्ने ।” म झसङ्ग भएँ । मेरो यो अनावश्यक र असामायिक कुराले राम्रै छुराको काम गर्यो । एक त परिवारका कनिष्ठ सदस्यकैअघि यस्तो भद्रगोल मच्चिएको हुनाले मेरो अलेली भएको आत्मसम्मान बेलेसीमै पछारिन पुग्यो । अर्को चाहिँ बेसी परिपाठे हुँदा अब गृहसञ्चालनको गबर–झ्याउला सोझै आफूमाथि खनियो । अनेक गरेर घरको ‘बजेट’ मिलाउने आशयको हक रूप–रेखा तयार पारी अघि बढ्ने जमर्कोमा लागेँ ।
खर्च गर्नु पर्ने समायवधि अनुसार, मैले ‘बजेटलाई मासिक र वार्षिक गरी दुई भागमा विभक्त गरेँ । यस बाहेक ‘विविध’ नाँउ दिएर एउटा उपाय थपेँ– जहाँ आफ्ना निम्ति फुर्मास गर्ने अलिक गोप्य राशि राख्ने अठोट मिलाएँ । मासिक खर्च तालिका अन्तर्गत आधारभूत सामग्रीहरू जस्तै दाल चामल, पिठो, नुन, तेल, सावुन, साग–पात आदि पर्न आए । केटाकेटीको ता उही नाउँ बेच्नु मात्र हो, महिनामा एक दुई पन्त बाह्र राशिहरूमध्ये मकर र मीनका प्रतीकका एक दुई वटा घरमा नल्याए आफू नै निस्ताउनु पर्ने र त्यसमाथि शहरको ठाउँ पाहुना पातको आक्रमण घोगा छिप्पिएको मकैबारीमा सुग्रीव… आक्रमणभन्दा बडी तोडको हुन्छ । यस उपायका निम्ति पनि राम्रै राशि छुटाउनु पर्ने भयो । अझ भएन, कतिपय आकस्मिक समस्या, जस्तै पाकस्थलीको चर्म–घट, विरामी भएर हाम्रै भर पर्न आउने आफन्तहरूका निम्ति दवाई–पानी आदिका निम्ति राशि छुट्याएर राख्नै पर्ने भयो ।
यसै मासिक उप–भाग भित्र, बिजुली दूरभाष, दूरदर्शन, संवादपत्र, पाक्–वायु आदिका निम्ति चाहिने खर्चको फाँटवारी पनि मिलाएँ । यसमा पनि महिनाभरिमा कहिले बिजुलीको गुलुब अथवा तारको मरम्मत, दूरदर्शन आदिको उपचार पनि गर्नुपर्ने काम आइपर्ने हुनाले, यसका निमित पनि खर्चको आवश्यकता पर्ने नै रहेछ । मासिक आयको चाहिँदो प्रतिशत काट्तै यस उप–भागका निम्ति केही जोगाएर राख्नुपर्ने भयो । यति मात्र कहाँ हो र ! कतै जन्मसुतक त कतै मृत्युसुतकको गोलाबारी त छँदै नै छ ।
वार्षिक खर्चको उप–भागभित्र पर्ने बुँदाहरू हुन्– साउने संक्रान्तिदेखि लिएर नागपञ्चमी, कुशेऔँसी, तीज, दशैँतिहार, माघे संक्रान्ति आदि चाडहरूका निम्ति चाहिने खर्च एकैचोटि यति भाँडिम् खर्चको तालघाँटी मिलाउन कठीन पर्ने हुनाले महिनैपिच्छेको आयबाट कटौती गर्दै राख्ने विचार गरिएको छु । यसमा पनि यसो मन्दिर, चलचित्र भवन आदितिर पनि परिवारका सदस्यहरूलाई लानुपर्ने । फेरि वर्षमा एक दुईपल्ट घरमा पाठ–पूजा, ग्रह शान्ति आदि पनि नगरी नहुने । चाड–बाडमा लुगा–फाटा, छाता–जुत्ता पनि चाहिने नै ।
यसरी विभिन्न खर्चको तालिका तयार पारेपछि आयस्रोत–पौलो उघारेँ । निचारपिचार गर्दा यो आयको दाँजोमा केवल साठी प्रतिशत मात्र आयो । अन्तमा खर्च तालिकामा देखाइएका खर्चका अङ्कहरूमा कटौती गर्नु पर्ने नै भयो । संशोधन गर्ने प्रचेष्टामा यति बिघ्न काटकुट गरियो, अन्तमा संशोधित अङ्क ठम्याउनै असम्भव भयो । मेरो यो घाटाको ‘बजेट’ काटीकुटी राष्ट्रिय ‘बजेट’ कै जस्तो भएको हुनाले आफैं गर्व अनुभव पनि भयो कारण आजसम्म जति पनि राष्ट्रिय ‘बजेट’ बनिएका छन् ती प्रायजसो सबै नै ‘घाटा’– फरक नै भइआएका छन् ।
म पनि घाटा–पूर्तिका निम्ति अरु स्रोतहरूको सन्धानका लागि ऐतिहासिक महत्वको वस्तु बन्न अब साह्रै धेर वर्ष पर्खनु पर्ने भयो । ढाँचाको भाडा–वाहनबाट कति आय हुन सक्छ त्यसको हिसाब निकालेँ । सेवा निवृत्त हुँदा मोटै सूद दिन्छु भनेर एक परम मित्रले लगेको साउँको पनि गणित मिलाएँ । अभाग्यवश यी दुवै आयस्रोतहरू हिउँदका खहरे जस्ता भएर सुकेर गए । भाडामा लगाइएको वाहन ता झन् यसै छाडा भयो, यसलाई र यसलाई चलाउने चालकको भरण–पोषण अरु आयस्रोतबाट पुर्ताल गर्नुपर्यो ।
पहिलो मैना जेनेतेने गरी चलाएँ । नियमित आयले खर्च धान्न साह्रै पर्यो । जे जस्तै भए पनि अलि त हुने खानेकै हो हुँ । ब्याङ्कमा अलि रुपियाँ राखेको थिएँ । लज्जाको निर्वाह गर्न ब्याङ्कबाट पैसा निकालेर पनि पहिलो महिना चलाइयो । दोस्रो महिनामा भने पहिलो सातामा नै ऐंठन परेर आयो । केटाकेटीहरूलाई साधारण खानेकुरा पनि दिन सकिएन । अरूका जिम्मामा अर्थ सञ्चालनको दायित्व हुँदा, अलि मिठोमसिनो खान नपाउँदा राम्रै अनुहार कुच्याई यो अब त ‘खाइस खीर !’ को नियति छ ।
तेस्रो महिनाले खुट्टो टेक्ता नटेक्तै मलाई घरको ‘बजेट’ मिलाउनुभन्दा बरु जिब्रै टोक्नु सजिलो जस्तो लाग्न थाल्यो के गर्नु र ! खाडल त आफैँले खनेको हो ।
एक दिन साँझपख बजेट मिलाउँदै गर्दा, धूतक्रीडामा चासो राख्ने मित्रबाट केही समयका निम्ति यस क्रीडामा लीन हुन पाए कसो हुँदो हो भन्ने दूरभाषे प्रस्ताव आयो । ‘बजेट’ बाट केही क्षणका निम्ति उम्कन पाइने यो एक असल मौकालाई मैले हात–छाडा हुन दिइनँ । मित्र–गृहबाट घर फर्कदा अलि अबेर भयो ।
भोलिपल्ट बिहानै श्रीमतीले आफ्नै नजिककै आफन्तकी छोरी पाणीग्रहण समारोहमा आजै जानुपर्ने कुरो राखिन् औ यसका निम्ति चाहिने अनुमानित राशिको पनि मौखिक व्यहोरा मेरा सामु पेश गरिन् । यो मैले लेग्रै लेग्रा पारेर मिलाएको ‘बजेट’ देखि बाहिरको भारी आएर मेरा टाउकामा खनियो । मलाई हड्ख्याइँ होला जस्तो भएर आयो । मैले मकहाँ भएका जम्मै राशि उनका अघि राखिदिएँ र आफ्नो अक्षमता र पराजय स्वीकार्दै उत्तानो चित्त परेर ओछ्यानमा लम्पसारिएँ ।
दार्जिलिङ
Subscribe
Login
0 Comments
Oldest






































