साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ढिँडो खाने केटा

Nepal Telecom ad

मुख्यमन्त्रीको निवासमा गाउँले मेरी आमा प्रबिष्ट हुनुभयो । {{read_more}} त्यो भव्य महलको झकिझकाउ देखेर आमाको मुख आँ नै परिरह्यो कारण गाउँका साधारण मानिसहरू  height=पनि त्यो ठाउँमा शासक भएर नेतृत्व सम्हाल्न पुग्छन् भन्ने कल्पना बाहिरको कुरा थियो क्यार । अझ मुख्यमन्त्रीको निवासको वरपर सजाइएका फूलले साँच्चै सुखी नेपाली सम्बृद्ध नेपालको झल्को दिन्थे होलान् । 

आमालाई आज मुख्यमन्त्रीले भेट हुने दिन जुराएका थिए । मुख्यमन्त्रीको निजी निवासमा मुख्यमन्त्रीलाई भेट गर्न पाउनु मेरो आमाले अहोभाग्य ठान्नुभएको थियो । निजीनिवासको गेटैमा अजङ्गको कुकुरले भुकेपछि आमाको एकाग्र ध्यान भंग भयो । आमाले सोच्नुभयो— गाउँको साधारण केटालाई पनि सुरक्षाको आवश्यकता पर्ने रहेछ र त कुकुर पाल्न थाल्यो । अझ उहाँ सोच्दै जानुहुन्थ्यो— मेरो घरमा आउँदा उसलाई हाम्रो घरको कुकुरले पुच्छर हल्लाएर स्वागत गथ्र्यो, किनकी ऊ निकै परिचित थियो घर आँगन साथै गोठका गाईबस्तु समेतसम्म । 

पहिले निकै चेपारे पालेर बोल्ने त्यो जुम्सो, ख्याउटे राजनीतिक कार्यकर्ता अहिले भ्याट्ट भुँडी लागेर अटेसमटेस सोफामा बसिरहेका थिए । अझ ऊ आवश्यकता भन्दा पनि कम बोल्ने गथ्र्यो । आमाले सोच्नु भयो— ठूलो मानिस बनेपछि कम बोल्नु पर्छ । पहिले घरमा राजनीति गर्ने बेलामा आउँदा ऊ ग्याँष्ट्रिकको रोगी थियो तर अहिले उसलाई उच्च रक्तचाप र मधुमेहको रोगले सताएको थियो । चिया पिउन हुरुक्क गर्ने ऊ, आजकल चिनी नहालेको कफि पिउने हैसियतमा पुगेको थियो । आमाको मनमा कुरा खेल्यो— सायद राजनीतिले उसलाई यो हैसियतमा पुर्यायो । 

घरमा बिहान बेलुका बाध्यताले ढिँडो खाँदै गर्दा ऊ बेला बेलामा ननिम्त्याए पनि ढिँडो खान टुप्लुक्क आइपुग्थ्यो । एक हप्ताको भोको मानिस झैं खपाखप सास नफेरी उसले ढिँडो खाने गथ्र्यो । तर आज मुख्य मन्त्रालयको भान्सामा निकै स्वादिष्ट खानाहरू पाकिरहेका थिए । गाउँमा खाने हैसियत छैन भन्ने उसको यो हैसियत कसरी पुग्यो भनेर आमा गम खाइरहनु भयो । अझ विदेशी पकवान आमाको अगाडि टक्य्राइँदा आमाले खाने तरिका नजानेर सातो उडेछ । आमालाई लाग्यो— छिटो कायापलट ल्याउनु छ भने राजनीति उत्तम उपाय हो । 

जाडोको बेला थर्थर काँपेको त्यो बेलाको तन्नेरी केटाको आङमा अहिले अत्तरको बास्ना आउँदा र चिटिक्कका कपडा देख्दा आमाको मन निकै प्रफुल्लित थियो । त्यो बेला भूमिगत भएर होला फोटो खिच्न नमान्ने त्यो तन्नेरी केटोले आज विभिन्न मुद्राका फोटाहरू मुख्य मन्त्रालयका भित्तामा रङ्ग्याएको थियो । वाह, भित्तामा ठूला ठूला मानिससँग फोटो खिचेर टाँग्न र रबाफिलो हुनुपर्दा राजनीति नै उपयुक्त बाटो रहेको आमाको ठम्याई रह्यो । अझ ढिँडो खाने हैसियत नहुने मुख्यमन्त्रीकी श्रीमती त्यो दिन मिष्ठान्न भोजन ग्रहणपछि डकार्दै गरेको मेरी आमा अचम्मित भएर हेरिरहनु भयो ।

भूमिगतकालमा घरमा आउँदा आमाले उसका दूला परेको मोजा वा चप्पल लगाउँदा तुना पोलेर लगाएको चप्पलले उसको हैसियत देखाउँथ्यो तर आजकल उसका खुट्टामा महंगा जुत्ता देखेर आमाले बिगत र वर्तमानको मानिसको हैसियतलाई केलाउन थाल्नुहुन्थ्यो ।

आमालाई थाहा छ, पुस महिनाको जाडोको बेला ऊ ढिँडो खाएर लुगलुग काम्दै गर्दा आमाको मनमा दया पलाएर आएछ, आमाले हाम्रो बाबाको भर्खर किनेको ज्याकेट दिएर उसलाई न्यानोबाट उन्मुक्ति दिलाइदिनु भएको थियो । त्यै ज्याकेटको भरमा उसले धेरै जाडो आउने बर्ष कटाएको थियो । तर उबेलाको लिखुरे ज्यानको त्यो ढिँडो खाने केटोको आज आङ र टाङ महंगा कपडामा सजिएको थियो । उसको पुर्लुक्क परेको सुँगुरे भुँडीले सर्टको टाँकनै फुस्काउने गरि ऊ सोफामा अल्छिलाग्दो तरिकाले बसिरहेको थियो । आमालाई लाग्यो— समृद्धितर्फ लम्कने हो भने केही समय कुनै न कुनै पार्टीको झण्डा उचालेर नेतागिरि गर्नु पर्दछ ।
 
भारतीय बिस्तारबादको नारा निकै उचाल्ने त्यो ढिँडो खाने केटाको घरमा मन्द गतिमा हिन्दी गीतमा भजन आइरहेको थियो । अझ उसको मोबाईलको रिङ टोन पनि बल्ले बल्ले नामको हिन्दी गीत बज्दा मेरी आमाको मन झसङ्ग भयो । आमाले सोच्न थाल्नुभयो— नारा र व्यबहार फरक हुने रहेछ । आदर्श र यथार्थ फरक हुन सक्ने रहेछ । अझ भित्तामा टाँसिएको बडेमानको टिभीमा आमाले आँखा लगाई हेर्दा भारतीय सिरियलमा त्यो भुँडे नेताको मन बरालिई रहेको थियो तर आमाले सम्झनुभयो, कुनै बेला यस्तो थियो हाम्रै घरमा ढिँडो ओडालेर नजिकैको फिल्म हलमा हिन्दी फिल्म चल्यो भनेर फिल्म हल बन्द गराउने मुख्य मान्छे नै उहि थियो । अझ ऋतिक रोशन काण्डमा हिन्दी नायकको फोटो जलाउने मुख्य मान्छे नै उही ढिँडो खाने नेता थियो । आमाले मनमनै गुन्नुभयो— सायद यस्तै खाले परिवर्तनलाई साँस्कृतिक क्रान्ति भन्छन् क्यार । 

उसैले निजी विद्यालय बन्द गर्न लगाएर निजी विद्यालयबाट केही रकम पार्टीको नाममा चन्दा स्वरुप लिएको पनि थियो । त्यही कारण आमाले हामीलाई निजिबाट सरकारी विद्यालयमा भर्ना गरिदिनु भएको थियो । तर आज उसका बाबुनानी मध्येबाट दुबैले निजी विद्यालयबाट विद्यालय शिक्षा पार गरेर दुबै जना विदेशमा अध्ययन गरिरहेको थाहा पाउँदा आमाको मन अमिलो हुँदै गयो । अझ उसको आजकल सहरको ठूलो निजी विद्यालयमा उसको आर्थिक लगानी थियो उसैले हाम्रो सानो भाइलाई मास्टरीको जागिर लगाइदिएको थियो । आमालाई लाग्यो— बिरोध पनि सापेक्षित र निरपेक्षित हुने रहेछ । अर्थात समय अनुसार बिरोधको प्रकृति फरक हुने रहेछ । 

केही भलाकुसारी पछि त्यो ढिँडो खाने केटाको घरमा खाना खाने बेला भयो । आमा, म र ऊ सँगै खाना खान बस्यौं, उसले खाना खाँदै गर्दा खाना पकाउने केटीलाई गाली गर्दै भन्यो— खाना अलिक ढंगले पकाउनु नि, कत्ति नमिठो बनाएको …. । खै आमाले मनमनै के सोच्नु भयो तर म आमाले उसको बारेमा एक सास पनि नफेरी एक ताउको ढिडो खाएको किस्सा सुनेर भात खाइरहेँ । तारेमाम्  !

बेशीशहर नगरपालिका ३, लमजुङ, हाल काठमाडौं
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x