अनुपमको नेतृत्वमा स्रष्टा भुवनहरि सिग्देल
काठमाडौं, ०७५ फागुन ११ । राजधानीको पश्चिम भेगका स्रष्टाहरूबीच क्रियाशील साहित्यिक संस्था अनुपम सिर्जना प्रतिष्ठानको चौथो साधारणसभा सम्पन्न भएको छ । {{read_more}} सभाले साहित्यकार भुवनहरि सिग्देलको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित ग¥यो ।
नयाँ कार्यसमितिमा नरनाथ लुइँटेल वरिष्ठ उपाध्यक्ष, जगदीश्वर पोख्रेल उपाध्यक्ष, जितु खड्का महासचिव, बद्रीप्रसाद अधिकारी सचिव, बिनुबाबा घिमिरे कोषाध्यक्ष र दुर्गा रिमाल–अधिकारी सहकोषाध्यक्ष निर्वाचित हुनुभएको छ । निर्वाचित कार्यसमिति सदस्यमा देवकी ढुङ्गाना र सुधा बास्कोटा रहनुभएको छ ।
साधारण सभाले यस अघि संस्थाका सल्लाहकार रहनुभएका भएका महानुभावहरूलाई यथावत राख्दै पुरुषोत्तम प्रसाद अधिकारी रमेशप्रसाद गौतम र भगवती रोका ‘भूमिका’लाई सल्लाहकारमा मनोनयन गरेको छ । अभिल्लो कार्यकालमा रहनुभएका प्रा.डा. रामचन्द्र लम्साल, डा. जीवन अधिकारी, डा. बमबहादुर थापा, डा. बलदेव गाउँले, एस्पी आशा, रामशरण खड्का, कृष्णबहादुर श्रेष्ठ (साहु), प्रभा भट्टराई, शिवप्रसाद अधिकारी, हरि खनाल र अर्जुन अधिकारी सल्लाहकारमा यथावत रहनु भएको छ ।
यसअघि अध्यक्ष महासचिव जगदीश्वर पोखरेलले प्रस्तुत गर्नुभएको संस्थागत प्रतिवेदन र कोषाध्यक्ष बिनुबाबा घिमिरेले प्रस्तुत गर्नुभएको लेखापरीक्षण प्रतिवेदन सहितको आर्थिक प्रतिवेदन सभाले पारित गर्दै कार्यसमिति विघटन गरिएको थियो । सभाको सर्वसम्मत निर्णय अनुसार नयाँ कार्यसमितिको निर्वाचन प्रयोजनका लागि डा. जीवन अधिकारीलाई जिम्मेवारी दिइएको थियो । डा. अधिकारीले प्रस्तुत गर्नुभएको प्रस्तावित नयाँ कार्यसमितिको नामावलीलाई सभाले सर्वसम्मत ढङ्गले पारित गरेको थियो ।
निवर्तमान अध्यक्ष पुरूषोत्तम प्रसाद अधिकारीले नवनिर्वाचित कार्यसमितिलाई बधाइ ज्ञापन गर्दै संस्थाको अभिलेख हस्तान्तरण गर्नुभयो ।