सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

साहित्य सरोबरको छैटौँ शृङ्खला

Nepal Telecom ad

काठमाडौं, ११ फागुन ०७५ । तीनथाना स्थित मुनाल क्लबमा मासिक रूपमा नियमित सञ्चालन हुँदै आएको साहित्य सरोबरको छैँटौँ शृङ्खला साहित्यकार भुवनहरि सिग्देलको  height=प्रमुख आतिथ्यमा सम्पन्न भयो । {{read_more}} गोपीचन्द्र कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको आरम्भमा स्रष्टा नरनाथ लुइँटेलले नेपाली हास्यव्यङ्ग्यका पितामह भूतको भिनाजु अर्थात वासुदे लुइँटेलका ३ कविता प्रस्तुत गर्नुभएको थियो । 

कार्यक्रममा कौशल्या लुइँटेल, सिर्जना ज्ञवाली, तुलसीराम भण्डारी, ध्रुव बस्नेत, हरिशरण आचार्य, युवोस बस्नेतले आफ्ना सिर्जना प्रस्तुत गरेका थिए । त्यसै गरी गोपीचन्द्र कार्की, ज्ञानेन्द्रप्रसाद लुइटेल, विमला महर्जन भण्डारी, कृष्णबहादुर कार्की, उत्तम थापा र तीलकुमारी थापाले पनि आफ्ना साहित्यिक रचना वाचन गर्नेका थिए । 

साहित्यकार सिग्देलले कविता कसरी लेख्न सकिन्छ भन्ने विषयमा प्रशिक्षणमूलक प्रवचन दिँदै निरन्तरको अभ्यासले मात्र सुन्दर कविता सिर्जना सम्भव हुने बताउनु भयो । उहाँले आफ्ना केही कविता सिर्जना पनि प्रस्तुत गर्नु भएको थियो । 

अध्यक्ष गोपीचन्द्र कार्कीले यस क्षेत्रमा रहेका साहित्यिक मनहरूलाई सिर्जनातर्फ प्रोत्साहित गर्ने उद्देश्यले शुरू गरिएको साहित्य सरोवर कार्यक्रमलाई यथासक्य सहयोग प्रदान गर्न आव्हान गर्नु भएको थियो । उहाँले सहभागी सबैलाई निरन्तर सहभागिताका लागि हार्दिक आग्रह गर्नुभयो । कार्यक्रमको सञ्चालन सरोबरका सचिव कृष्णबहादुर कार्कीले गर्नु भएकोे थियो ।
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad