साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ला !!

Nepal Telecom ad

 height=गोदाई खानुलाई पनि कसैले राम्रो भन्छ ?
भन्दा रछन त !
ला ! अब फेरि सुरु हुने भो {{read_more}}
गोदाई संस्कृतिको विकाश ।

के गर्नु केहि बाँकि नराखेपछि
भक्ष अभक्ष
चपाउने चुस्ने
टोक्ने लुछ्ने सबै थोक जाकेपछि
गोदाई पनि त हजम हुने नै भो
बातले नभेटेपछि लातले छुने नै भो
गोदाईबाटै हुन्छ कि क्यारे अन्तिम निकाश
ला ! अब फेरि सुरु हुने भो
गोदाई संस्कृतिको विकाश ।

असार रित्तिंदा पनि इस्टिमेटमै अल्झिएको विकाश
अफिसका हाकिमको कागजी अल्झोपास
कुर्दाकुर्दा नभएपछि
भकुर्दा हुन्छ भन्न थालिसके
होटलमा बोतलमा जनप्रतिनिधिको अनुहार टल्क्याएर
कर्मचारीले सयनकक्षमा
अढाइटनको ए सी हालीसके
अमिलो अचार चाट्न पल्केका पत्रकार
गालामा झल्केको औंलाको छाप गन्दैछन्
दिनभरिको हैरानीबाट थाकेका जनता 
चौतारामा बसेर खुच्चिङ् भन्दैछन
अब यस्तो बेला के गर्नु र आश
ला ! अब फेरि सुरु हुने भो
गोदाई संस्कृतिको विकाश ।

कस्ले कस्लाई टेर्ने ?
कस्ले कस्लाई फेर्ने ?
चोर्न पाउँनुपर्छ भनेर जुलुस लाउँने प्रजातन्त्रमा
अरुको अपमान गर्न पाउँनुपर्छ भनेर रुने राजमा
सर्वसाधारणको सवारी रोकिदे भै गो
दुईचार टायर बालेर सडकमा
दुईचार हेडमास्टरलाई धम्की ठोकिदे भै गो
अब कहिले होला खराब परम्पराको निकाश ?
ला ! अब फेरि सुरु हुने भो
गोदाई संस्कृतिको विकाश ।
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
तीर

तीर

खगेन्द्र नेउपाने
मजदुर

मजदुर

खगेन्द्र नेउपाने
गह्वर

गह्वर

खगेन्द्र नेउपाने
भेडाकाे सिङ

भेडाकाे सिङ

खगेन्द्र नेउपाने
एउटा मान्छे

एउटा मान्छे

खगेन्द्र नेउपाने
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x