सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

ला !!

Nepal Telecom ad

 height=गोदाई खानुलाई पनि कसैले राम्रो भन्छ ?
भन्दा रछन त !
ला ! अब फेरि सुरु हुने भो {{read_more}}
गोदाई संस्कृतिको विकाश ।

के गर्नु केहि बाँकि नराखेपछि
भक्ष अभक्ष
चपाउने चुस्ने
टोक्ने लुछ्ने सबै थोक जाकेपछि
गोदाई पनि त हजम हुने नै भो
बातले नभेटेपछि लातले छुने नै भो
गोदाईबाटै हुन्छ कि क्यारे अन्तिम निकाश
ला ! अब फेरि सुरु हुने भो
गोदाई संस्कृतिको विकाश ।

असार रित्तिंदा पनि इस्टिमेटमै अल्झिएको विकाश
अफिसका हाकिमको कागजी अल्झोपास
कुर्दाकुर्दा नभएपछि
भकुर्दा हुन्छ भन्न थालिसके
होटलमा बोतलमा जनप्रतिनिधिको अनुहार टल्क्याएर
कर्मचारीले सयनकक्षमा
अढाइटनको ए सी हालीसके
अमिलो अचार चाट्न पल्केका पत्रकार
गालामा झल्केको औंलाको छाप गन्दैछन्
दिनभरिको हैरानीबाट थाकेका जनता 
चौतारामा बसेर खुच्चिङ् भन्दैछन
अब यस्तो बेला के गर्नु र आश
ला ! अब फेरि सुरु हुने भो
गोदाई संस्कृतिको विकाश ।

कस्ले कस्लाई टेर्ने ?
कस्ले कस्लाई फेर्ने ?
चोर्न पाउँनुपर्छ भनेर जुलुस लाउँने प्रजातन्त्रमा
अरुको अपमान गर्न पाउँनुपर्छ भनेर रुने राजमा
सर्वसाधारणको सवारी रोकिदे भै गो
दुईचार टायर बालेर सडकमा
दुईचार हेडमास्टरलाई धम्की ठोकिदे भै गो
अब कहिले होला खराब परम्पराको निकाश ?
ला ! अब फेरि सुरु हुने भो
गोदाई संस्कृतिको विकाश ।
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
जिन्दगी

जिन्दगी

खगेन्द्र नेउपाने
सरकार बनाउन देऊ

सरकार बनाउन देऊ

खगेन्द्र नेउपाने
नयाँ वर्षमा

नयाँ वर्षमा

खगेन्द्र नेउपाने
हे भगवान !

हे भगवान !

खगेन्द्र नेउपाने
जतातिर हरियाे छ त्यतैतिर चर्नुपर्छ

जतातिर हरियाे छ त्यतैतिर...

खगेन्द्र नेउपाने
को हो त्यो ?

को हो त्यो ?

खगेन्द्र नेउपाने
जिन्दगी

जिन्दगी

खगेन्द्र नेउपाने
आगो र पानी

आगो र पानी

देव भट्टराई (२)
के बेच्न बाँकी छ र !

के बेच्न बाँकी छ...

हरिप्रसाद रिमाल
धरोधर्म गर्छु (२३)

धरोधर्म गर्छु (२३)

डिल्लीप्रसाद मूलतिहुन
पानीमाथिका सपनाहरू

पानीमाथिका सपनाहरू

केशव ज्ञवाली ‘आगत’
बेताल छ

बेताल छ

प्रकाश अर्याल ख