साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कसो गरी पछार्ने हो

Nepal Telecom ad

दुष्ट हुन सके मात्र भाउ हुन्छ यहाँ
साधुहरू रेटिन्छन् र घाउ हुन्छ यहाँ ।

आफ्नो बाटो आफैँ हिँड्छु भनी जो उभिन्छ,
कसो गरी पछार्ने हो, दाउ हुन्छ यहाँ ।

सक्छौ भने बाबु तिमी बाङ्गोे बन्नुपर्छ
सोझो सबले टेकी हिँड्ने पाउ हुन्छ यहाँ ।

बिर्सेर नि यशको आशा राख्दिनँ म पुग्यो
बच्चो माउ याने छोरो बाउ हुन्छ यहाँ !

साढे सातका धेरै दशा भोग्ने मान्छेलाई
जुठो खाने जन्तुसमेत हाउ हुन्छ यहाँ ।

ढर्रा खोज्ने जमाना छ ढर्रा छैन भने
शुद्ध सुनको कामै छैन, धाउ हुन्छ यहाँ !

फस्कू, दोलखा
(कालिका उच्च मा.वि., फस्कू, दोलखा)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
बहुलाउन थालेको रहेछु

बहुलाउन थालेको रहेछु

आत्माराम न्यौपाने
0
Would love your thoughts, please comment.x
()
x