साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रभुलाई भेटेपछि

Nepal Telecom ad

सुकेनासे लागेको भए पनि
लुते लाम्रे गए पनि
प्रभुलाई भेटेपछि
जो पनि
सके हनुमान
नभए पनि
शक्तिमान भई आउँछ
हैन ए गाँठे !
प्रभुलाई भेट्ने खै के पाउँछ
खुसुक्क गएको
मरनच्यासे बिल्ली पनि
सिंह भएर पो आउँछ !

तर मार्न नपाएपछि
मासु हड्डी नखाएपछि
कोही बिरामी भन्दै
कोही पाहुना बन्दै
सबै प्रभुको शरणमा धाउँछ
हैन, ओ गाँठे !
प्रभुलाई भेटेपछि
खै के शक्ति पाउँछ ?
मुसो भै गएको बिरामी पनि
बाघ झैं गर्जिदै आउँछ !!

सत्तामा जान नपाएपछि
भत्ता खान नपाएपछि
प्रभुलाई भेटेपछि
खै के शक्ति पाउँछ ?
लुसुक्क गएको कुकुर पनि
आएपछि
सके प्रधानमन्त्री
नभए
मन्त्री त रोजो रोजी पाउँछ ।

आइसियुमा भए पनि
इयर एम्बुलेन्समा गए पनि
खै शक्ति रहेछ त्यहाँ
प्रभुलाई भेटेपछि
पाउरोटी झैं उकास्दै
गालामा नयाँ चमक लाउँछ
आउँदा एयरपर्टबाटै
सरकार बदल्ने हाँक दिँदै आउँछ
मन्त्री खान नपाए पनि
निजीदेखि सरकारीसम्म
टेन्डरदेखि ठेकेदारीसम्म
उसैले आधिपत्य जमाउँछ
हैन ए गाँठे !
प्रभुलाई भेटेपछि
एरेगैरेले पनि
खै के शक्ति पाउँछ
फर्केर आएपछि
लाटो देशको गाँडो तन्नेरी झैं
ठुलै धाकधक्कु लाउँछ
कौडी नभएको देशमा
उसैले करोडौं कमाउँछ ।

अब प्रभुलाई भेट्न
यो देशका
मुर्दै गए छन् भने पनि
भूतै गए छन् भने पनि
पक्कै उनीहरू पनि
मन्त्री प्रधानमन्त्री भई आउलान्
जे पनि हुन सक्ने यो देशमा
फेरि निर्दलीय शासन
जहाँनिया शासन चलाउलान् ।

दाङ, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x