सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

चितवनमा गजलस्रष्टाहरूको जमघट

Nepal Telecom ad

नारायणगढ, चितवन । हाम्रो मझेरी साहित्य प्रतिष्ठान चितवनले आफ्नो चौधौँ वार्षिकोत्सव नारायणगढको उद्योग वाणिज्य सङ्घको सभाहलमा नेपाली गजल साहित्यका प्रतिभा वरिष्ठ गजलकार प्राज्ञ बूँद रानाज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भयो ।
कार्यक्रममा आठ जना साहित्य साधकहरूलाई सम्मान र पुरस्कार प्रदान गरिएको थियो । चितवनका साधक एलबी क्षेत्री, कोहलपुर बाँकेका महानन्द ढकाल, झापाका स्रष्टा अभागी थेगुवा, काठमाडौंका पत्रकार किरण मरहठ्ठा, नवलपरासीका साधक सदानन्द अभागी, काठमाडौंका अरूण बहादुर नदी र हाम्रो मझेरी गजलरत्न स्याङजाका जीवनपानीलाई सम्मानित गयिो ।
त्यर्स गरी हाम्रो मझेरी गजलश्री पुरस्कार गैँडाकोट नवलपरासीकी कल्पना पौडेल जिज्ञाशुलाई प्रदान गरिएको थियो । काठमान्डौकी अर्की गजलकार अनिता भन्डारी पौडेलका दुई कृतिहरू ‘धड्कनमा आभा’ हाइकू सङ्ग्रह र ‘शाश्वत जिन्दगी’ गजल सङ्ग्रह र चितवनका गजलकार मनोहर बाबु श्रेष्ठको ‘जीवनका रङ्गहरू’, पुष्प अधिकारी अञ्जलिको सम्पादित कृति ई प्रतिनिधि नेपाली गजल र हाम्रोमझेरी साहात्यिक पत्रिकाको ५१ औं अङ्क विमोचन गरिएको थियो ।
देशका ५२ जिल्लाबाट आएका सयौँ साहित्यकारहरूको ऐतिहासिक रमाइलो जमघट थियो । कार्यक्रम संस्थाका अध्यक्ष पुष्प अधिकारी अञ्जलिको सभापतित्वमा सम्पन्न भएको थियो ।

–अरूण नदि

Fitkauli Publication Books comming soon
Nepal Telecom ad