साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मुन्द्रा बाँडे जस्तो लाग्छ

Nepal Telecom ad

संस्कृतिको खम्बा यहाँ उल्टो गाडे जस्तो लाग्यो
अस्तित्व र पहिचान धेरै फाँडे जस्तो लाग्यो ।

गुन्युचोली मिनिस्कटमा, सुरुवाल चैं काट्या पाइन्टमा
परिवर्तन गरी स्वाभिमान छाडे जस्तो लाग्यो ।

दिदीबैनी कस्ले छोटो लाउने भनी प्रतिष्पर्धा
एकबित्ते कपडाले चलन भाँडे जस्तो लाग्यो ।

केटीहरू कपाल काट्छन्, केटाहरू बाट्न थाले
आजकलको चलन हेर्दा धेरै भाँडे जस्तो लाग्छ ।

फेसनले केटा हो कि केटी चिन्नै पनि गाह्रो पर्यो
केटीको ठुटे पाइन्ट, केटालाई मुन्द्रा बाँडे जस्तो लाग्छ ।

सुनखानी– २, दोलखा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x