साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राजाको काम कहिले जाला घाम

Nepal Telecom ad

राजाको अवशेष खोज्न नागार्जुनतिर जानु पर्छ रे ! अब नारायणहिटीबाट हटिसक्यो । सबै यसै भन्छन् । शायद तपाई पनि त्यसै भन्नुहुन्छ होला । हो त्यो मसानघाटमा राजा छैन । संविधानमा पनि अब नलेखिएला तर खै त्यो प्रवृत्ति ज्यूँका त्युँ छ । राजाको ठाउँ जन शब्दले ओगट्दैमा राजतन्त्र हटेको ठान्नु बकम्फुसे कुरा मात्र हो । अब त राजाको काम होइन होला नि जनताको काम होला । फेरि पनि राजाकै काम जस्तो भैरहेछ । पियनदेखि बडा हाकिमसम्मको प्रवृत्ति उस्तै छ । घुस खाएर भुँडी ढड्याउन जनताका काम गर्नेहरू खटिरहेका छन् । कतै जनताको काम कहिले जाला घाम भन्ने उखान सार्थक पार्न त खोजिएको हैन ? नयाँ नेपालमा त्यसो किन नहुने ?
गणतन्त्र आए पछि पनि राजाको काम कहिले जाला घाम भन्ने उखानको बखान गर्दैछ भनेर मलाई आलुचना खुवाउन सबै ओइरिए पनि डर छैन । पेट भोकै छ नयाँ नेपालका नयाँ नयाँ परिकारहरू खान त पाइएकै छैन अनि आलुचना नखाएर के खाने ? कति सक्नुहुन्छ ख्वाउनुहोस ।
राजाको सट्ठा जनता र राजको सट्टा जन शब्द राख्दैमा नयाँ नेपाल हुन्छ भने यतिखेरसम्म देशले काँचुली फेरिसक्नु पर्ने ! उही थोत्रो छालाले बेरिएको छ । राजमार्गहरू जनमार्ग भएका छैनन् बरु जनमार मात्र भैरहेका छन् । उता त्यस्तो छ , यता काठमाडौं अझै राजधानी नै छ । जनधानी हुने कसरत पनि गरेको छैन बरु जनहानी मात्र छ । राजदरबारलाई संग्रहालय बनाएर हुन्छ र, सिंहदरबारका सिंहहरूको ढिलासुस्ती र भ्रष्टाचारी प्रवृत्ति उस्तै छ । बरु घमण्ड थपियो होला कम भएको छैन ।
सिंहदरबारमा बसेर राजाको काम गर्दा हैरान भएर हैन र वानेश्वरतिर सरेको ? चाइनाले बनाइदिएको भवन भित्र छिरेपछि त चाइनिज स्टाइलले काम हुनु पर्ने ! खै उही ताल छ । कसले बाजा बजाइदिएर नाच्ने हो र अब ? आफ्नो ताल आफै लिनु पर्नेमा कहिले गोरेको तालमा कहिले कालेको तालमा नाच्छन् बा !
राजाकै काम जस्तो गरी जनताको काम गरेर नयाँ नेपाल बन्दैन । नयाँ नेपाल शब्दकै बेइज्जत हुन थाल्यो तर हाड नभएको जिभ्रोेले रट्न अझै छोडेका छैनन् । कट्टर राजावादी त शिर ठडयाएर हिँड्छन्, मलाई आलुचना खुवाउने अाँट को गरोस् ?,
बम्घा, गुल्मी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
पर जा तन्त्र

पर जा तन्त्र

काशीनाथ मिश्रित
जनता जनार्दन

जनता जनार्दन

काशीनाथ मिश्रित
कागलाई बेल पाक्यो हर्ष न विस्मात !

कागलाई बेल पाक्यो हर्ष...

काशीनाथ मिश्रित
आगलागी झुपडी डेढ घडी भद्रा

आगलागी झुपडी डेढ घडी...

काशीनाथ मिश्रित
बहुदल पार्टी

बहुदल पार्टी

काशीनाथ मिश्रित
आफै बोक्सी आफै धामी

आफै बोक्सी आफै धामी

काशीनाथ मिश्रित
0
Would love your thoughts, please comment.x
()
x