साइबर अपराध सम्बन्धी सचेतना सामग्री

माछो माछो भ्यागुतो

Nepal Telecom ad

तपाईंलाई थाहा छ कि छैन कुन्नि, गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा कुनै पनि प्राणीको हिंसा गर्न नपाइने कुरा मलाई त पिकनिक जाँदा थाहा भएको हो । भर्खर मात्र हामीले त्यो क्षेत्रमा खसी काट्न मनाही छ भन्ने थाहा पाएर बाहिरैबाट काटिएको मासु लगेका थियौँ । त्यतिखेर त्यहाँ एउटा ठूलो तलाउ बनाइँदै थियो माछा पाल्न । माछा त सिङ्गै भुट्न पाइने भो । नमारीकन माछा प्रशस्त पाइने भएपछि घट्दै गएका पर्यटकहरू बढ्ने भए । फेरि त्यो क्षेत्र शान्तिक्षेत्र भैहाल्यो । कसैले मार्ने डर भएन । डोजर लगाएर खन्दै गरिएको तलाउमा थुप्रै माछा पाल्न सकिने थियो । हामीले परिक्रमा गरीगरी हेरेको अभैm ताजै छ । 
उता पोखरामा माछाको अभाव भएर पर्यटकको सङ्ख्या घट्न थालेको निष्कर्ष निकाली फेवातालमै माछा छोडिएको कुरा भुरा रेडियोहरूले भट्याएका थिए । दङ्ग थिए पोखराबासीहरू अब फेवातालमै माछा उम्रन थालेपछि पर्यटकको धुइरो लाग्ने भो भनेर ।
विश्वका जुनसुकै दशका माछालाई पनि लुम्बिनी उपयुक्त हुने ठहर सबैको थियो । त्यसैले त्यहाँ झन् संसारभर पाइने माछाका भुरा छोडियो भनेर त्यस क्षेत्रका भुरे रेडियोहरूले भट्याए । तपाईंले पनि भोग्नुभयो पक्का यस पटकको बर्खामा नेपालमा ठूलै वर्षा भयो, बाढी आयो, तहसनहस भयो सारा देश । सरकारले यस पटक सर्वाधिक वर्षा भयो भन्ने तथ्य निकाल्यो । अर्थ मन्त्रालयका अनुसार गएको वर्षमा एक खरब उन्सत्तरी अरब कुन्नि कति करोड लाख मिलिमिटर वर्षा भयो ।
बाढी पैह्रोले मान्छेलाई त मारेकै थियो । मान्छे जाबो मर्दा के चिन्ता लिनु, राहतकोषमा रकम जम्मा भैहाल्छ, क्षतिपूर्ति पाइहाल्छन् जनताले । चिन्ता त माछाको पो भो । बाढीले फेवातालका माछा स्वात्तै बगाएर पु¥याएछ नि बारा । उता लुम्बिनीका तलाउका माछा पनि ह्वात्तै निजगढमा थुप्रिए । हैन फेवातालबाट त ओरालो थियो गयो तर लुम्बिनीबाट कसरी गयो– सम्मै छ सबैतिर भन्नुहोला तपाईं । कुरा ठिकै पनि हो । लुम्बिनीबाट त इण्डियातिर बग्नुपर्ने, हैन त्यता खुर्दलोटन छ भन्ने बिर्सनु भो कि क्या हो । अनि पुग्दैनन् त माछाहरू बारा तिर, बाँकी रहे अब त्यहाँ भ्यागुता मात्र । बिचरा लुम्बिनी र पोखराबासीहरू भए माछो माछो भ्यागुतो ।
बम्घा, गुल्मी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
चैते नेता

चैते नेता

काशीनाथ मिश्रित
पर जा तन्त्र

पर जा तन्त्र

काशीनाथ मिश्रित
जनता जनार्दन

जनता जनार्दन

काशीनाथ मिश्रित
कागलाई बेल पाक्यो हर्ष न विस्मात !

कागलाई बेल पाक्यो हर्ष...

काशीनाथ मिश्रित
0
Would love your thoughts, please comment.x
()
x