साइबर अपराध सम्बन्धी सचेतना सामग्री

महादेव उत्तानो परे

Nepal Telecom ad

कैलाशको सुन्दर महलमा ताण्डप नृत्य मच्चाएपछि महादेव आफ्ना गणका साथ भस्मासुरको तपस्या भङ्ग गर्न हिँडे । भूतप्रेत पिचास वरिपरि लगाएर साँढेमा सवार भै भस्मासुरले तपस्या गरेको वनतर्फ प्रस्थान गरे । उनले साँढे पनि आफू चर्ने बनबाट भस्मासुरले लघारेकाले चूर थियो । हुन त यसअघि पनि महादेवले माले, तारे, जुरेजस्ता साँढेमा चढेर भस्मासुरको जरो उखेल्ने कोशिस नगरेका त कहाँ हुन् र ? भस्मासुरले लखेटेपछि उनी कैलाशमै थन्किए । उनलाई थाहा थियो कि ब्रह्माले तपस्या पूरा गरे भने भस्मासुरले टाउकोमा हात राख्नासाथ भस्म हुन बेर लाउँछन् अनि सती, पार्वतीजस्ता सुन्दरीसँग इलुइलु गर्ने उनको सपना पनि अधुरो हुन्छ । कोही भिक्षा माग्न आयो भने वीर्य निकालेर दिने उनको फोहरी काम पनि हुन पाउँदैन । सारा संसारलाई लिङ्गपूजा गराउने परिपाटी पनि बन्द हुन्छ । भाङ– धतुरो खाएर अर्धपागलजस्तो बन्न नपाइएला, अहिले त दुनियाँलाई धम्क्याएर भए पनि लिङ्गको पूजा गरेको छु, वीष, भाङ, धतुरो सेवन गरेकै छु, मैले तपस्या नगरेर यी राच्छेसहरूले ब्रह्माको तपस्या गर्ने भए अब कालो साँढे चढेर जान्छु । 
माले, तारे, जुरे, सेते जस्ता थुप्रै साँढेहरू महादेवकै अन्यायमा परेकाले आजभोलि भस्मासुरका नजिक छन् । भस्मासुरले पनि उनीहरूलाई चर्ने डाङ्गल दिए । त्यसैले उनी महादेवकै विरोधमा लागे । उता खरानी घस्ने, सर्पको गहना लगाउने, बाघको छाला कम्मरमा बेर्ने त्यस्तो भूतजस्तो महादेवले आफ्नो अपमान गरेकाले दक्षप्रजापति पनि महादेवसित खरिएका थिए । यसै कारण उनले पनि भस्मासुरकै पक्ष लिने निधो गरेका थिए । कालो साँढे र भूत–प्रेत मात्र महादेवका पक्षमा थिए । त्रिशुल र बन्चरो साथमा लिई कालो साँढेमाथि सवार भई फेरि भस्मासुरको कठोर तपस्या बिथोल्न आइलागे । अन्य साँढेहरू र दक्षप्रजापतिसमेत महादेवसित रुष्ट भएकाले कालो साँढे देख्नासाथ जुध्न तम्सि–हाले । घोर घमासान युद्ध चल्यो । भस्मासुरले पनि पछाडिबाट साथ दिइरहेका थिए । महादेवलाई पिठ्युँमा बोकेर बर्षौं डुलाएका माले, तारे, सेतेजस्ता थुप्रै साँढेहरू एकैचोटी आइलागेपछि जाबो कालो साँढेको एक्लै के जोर चल्नु ? ठाडो पुच्छर लगाएर भाग्न थाल्यो । पछाडिबाट अरू साँढेहरूले खेद्दै थिए । पछि नफर्केर कुद्दा पिठ्युँका महादेव उत्तानो परेर भुइँमा पछारिए । उनले पहिरेको बाघको छाला पनि कालो साँढेको सिङले उधिनेर लग्यो । अब त उनको हालत खराब भयो । छोपिराखेको लिङ्ग पनि छर्लङ्गै देखियो । भाङको नशा लागेका महादेव वेहोश भएर उत्तानो परि– रहे । बालुवाको लिङ्ग बनाएर जबजस्ती … लगाउने महादेवको वास्तविक लिङ्ग नै प्रदर्शन भएपछि कसले पुज्ने । महादेव उत्तानो परिहाले । अब बर दिने होइनन् क्यारे । यता कैलाशमा भस्मासुर पसिसके अब महादेवलाई बाघको छाला ओढाउन को जाने ? त्यहीँ उत्तानो परिरहून् ।
बम्घा– ८, गुल्मी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
चैते नेता

चैते नेता

काशीनाथ मिश्रित
पर जा तन्त्र

पर जा तन्त्र

काशीनाथ मिश्रित
जनता जनार्दन

जनता जनार्दन

काशीनाथ मिश्रित
कागलाई बेल पाक्यो हर्ष न विस्मात !

कागलाई बेल पाक्यो हर्ष...

काशीनाथ मिश्रित
0
Would love your thoughts, please comment.x
()
x