साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आकाशको फल आँखा तरी मर

Nepal Telecom ad

एक वर्षभन्दा पनि बढी भैसक्यो मेरो जिभ्राको टुप्पोबाट ¥याल चुहिन थालेको । म र मेरा सबै बन्धु–बान्धवलाई एउटा कथा भन्नुभएको थियो बाजेले पोहोरसाल । “हेर ! नाति, नातिना हो ! आउँदो जेठसम्म हाम्रो देशमा आजसम्म नफलेको फल फल्नेछ, त्यो फल साह्रै स्वादिलो हुनेछ । टर्रो, अमिलो, गुलियो, पिरो, नूनिलो सबै स्वादले युक्त हुनेछ । त्यसको रङ पनि सबै रङ मिसाए जस्तो हुनेछ । नानी हो ! त्यो आकाशमा फल्ने छ ।”
“वा ! वा ! उसो भए त त्यो फल सबैले टिप्न पाउँछन् होला हैन त बाजे ?” मेरो प्रश्नको जवाफ बाजेले यसरी दिएका थिए– “हो, नातिले ठीक भन्यौ । त्यो फल झापाकाले झटारो हानेर झार्न पनि सकून्, बैतडीकाले बुरूक्क उफ्रेर टिपी खान पनि पाऊन् । जनै लगाउनेदेखि जाँड खाने सबैको अधिकार होस् भनेर त्यसको विरूवा रोप्न लागेको छु ।”
त्यस्तो विचित्रको फल पाक्ने आशामा पोहोरदेखि ¥याल काडेको हुँ मैले । यसो आकाशतिर हेर्छु तर अझै देखेको छैन । बाजेलाई नाम सोध्द्धा भनेका थिए– “बीचमा ‘धान’ छ क्यारे । अब अघि र पछि चाहिँे के राख्ने हुन् कुन्नि राख्नै बाँकी छ । ‘सभा’मा पनि बसेर खान हुने हुनाले पछाडि ‘सभा’ राख्नै पर्छ भनेका छन् बाबु ! थाहा पाइहाल्छौ नि !
बम्घा, गुल्मी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
चैते नेता

चैते नेता

काशीनाथ मिश्रित
पर जा तन्त्र

पर जा तन्त्र

काशीनाथ मिश्रित
जनता जनार्दन

जनता जनार्दन

काशीनाथ मिश्रित
कागलाई बेल पाक्यो हर्ष न विस्मात !

कागलाई बेल पाक्यो हर्ष...

काशीनाथ मिश्रित
0
Would love your thoughts, please comment.x
()
x