साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भिरबाट झरेको लड्डु

Nepal Telecom ad

ऊ ऐना अगाडि राख्छ आफूलाई । कल्पना गर्छ– उसको नदेखेकी प्रेमिकाको अनुहार । सलक्क परेको जिउडाल, पुष्ट छाती, डिम्पल पर्ने गाला, पिपलपाते लाल ओठ, लामो केस, केसमा लाएको रातो रंग, अँ दाहिने गालामा एउटा कोठी पनि लाईदिन्छ । एकैछिनमा बनाउँछ उसको प्रियतमाको काल्पनिक शरिर । तर एउटा चिन्ताले पिरोल्छ उसलाई–‘अनुहार कस्तो होला ? तल्लो घरको रेशमी जस्तो ? अहँ त्यसको त डिम्पल छैन, गालामा कोठी पनि छैन । फिल्ममा खेल्ने रेखा जस्तो ? अहँ त्यत्रो ठूलो हिरोइन जस्तो त छैन होला सायद ऊ भन्दा धेरै राम्री वा थोरै नराम्री हुनसक्छे ।’ यस्तै कल्पना बुन्छ ऊ । जसोतसो गरेर एउटा अनुहार निर्माण गर्छ । बल्ल पूर्ण रुप लिन्छ । उसको कल्पनाको चित्रकारले कोरेको प्रेमिकाको तस्बिर । उसले चुम्न खोज्छ प्रेमिकालाई ।
‘ओई सोम !’
उसको कल्पना बोतल फुटेझैँ झर्याम्म फुट्छ । उसकी प्रेमिका हराउँछे ऐनाबाट, मात्र हुन्छ उसको रिस उठ्दो अनुहार त्यहाँ । कल्पना भङ्ग गर्ने मित्रको अनुहारमा क्रोधपूर्ण हेर्दै भन्छ,
‘के भो !’
‘ह्या, किन रिसाको ब्रो ? झन् दामी खबर सुनाउन आएको, तँ चैँ ऐनालाई किस खाँदै बस् !’
‘के खबर ?’
‘तेरो त्यसले फोन गरेको थ्यो, यतै आको छ रे भेट्न जानु रे !’
‘साँच्ची ?’
‘अँ, अनि हरियो कलरको भेस्ट लाको छ रे, हातमा कालो ब्याग झुण्डाको छ रे !’
‘काँ छे ?’
‘बजारमा, छिटो जा ।’
‘थ्याङ्क्स यार !’
ऊ द्रुत गतिमा पाइला चाल्छ । फेसबुकमै लभ भाको थ्यो उसको तर उसकी प्रेमिकाले कहिल्यै आफ्नो फोटो हाल्या थिइन, एउटा गुलाफको फोटो मात्र थ्यो, अँ उसको हाल भन्दा नि भन्या थिई उसले– ‘माया मन हेरेर हुन्छ, अनुहार हेरेर होइन ।’ पछि फोनमा नि रोमान्टिक गफ हुनथाल्यो । ऊ असिनपसिन भएर हिँड्दै थियो । बाटोमा हिँडेका हरेक केटीको अनुहार हेर्दै ‘यो भन्दा राम्री होली !’ कल्पना गर्दै हिँड्यो ।
मुटुको धुक्धुकी द्रुतगतिमा बढ्दै थियो । अन्ततः ऊ बजार पुग्यो र देख्यो टाढैबाट उसलाई, उसको छेउमा पुग्यो र कोट्याएर बोलायो, ऊ फर्की ऊ भएपटि । ….केटो तर्सियो मनको लड्डु फुट्यो । ऊ जुन गतिमा आको थ्यो त्यही गतिमा फर्कियो र साथीलाई भन्यो– ‘यार त्यो त माथ्लो घरको आण्टी पो रैछ !!’
‘त्यै काली मोटी आन्टी ?’

दार्जिलिङ, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x