साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ठूलालाई चैन सानालाई ऐन

Nepal Telecom ad

त्रित् त्रित् त्रित्रित्रित्रि त्रित् सिटीसँगै ट्राफिकले मोटरसाईकल तथा गाडीहरू साइड लगायो । भाषण सुनाउँदै रसिद निकालेर काट्यो । कति रुपियाँको टिकट काट्यो कुन्नि बिल बुझाएर गाडी अघि बढ्यो तर मोटरसाईकल अझै बार्गेनिङ गर्दैथ्यो । कारण के परेछ भनेर यसो चियोचर्चो गर्या त लेन मिच्या रहेछ । त्यो पनि सिंहदरवारको गेटै अगाडि । चालकहरूले त्यति कुरो त बुझ्नु पर्ने हो– यो सिंहदरवार हो अनि बग्गिखाना पनि नजिकै छ भनेर । दायाँ जानुपर्नेले त दायाँ नै पो साईड गर्नुपर्छ त कता बायाँ मिचेर ल्याएको त ? गल्ती गरेपछि त फाईन त भर्नै पर्यो नि चाहे फाईन तिर्या रुपियाँले जोसुकैले भुँडी भरोस् ।
सडकहरू धेरै व्यवस्थित भए पनि हो भन्नु, जतासुकै खाल्डा र खुल्डी अनि कसरी सिधा हाँक्नु त गाडी । फेरि लेन छुट्याउन कोरेको रेखा पनि सरल रेखा नभई बक्रैबक्र मात्र छन् । सडक चौडा गरेर बनाएको बाटोमा पनि खाल्डाहरू राम्ररी पुरेको रहेनछ । चैत्र १ गते राती ९ बजे बालुवाटारबाट लाजिम्पाट हुँदै घर जाँदैगर्दा शङ्कर होटल अगाडि नै मेरो इहलिला झण्डै समाप्त भो । सडक चौडा गरेर पिच पनि गरिटोपलेको त्यस्तो सडक, साईडमा खाल्टो होला भनेर कसरी सोच्नु ? सननन एकनासले कुदिरहेको मेरो मोटरसाईकल लैनचौरतिरबाट आएको गाडीको लाईट आँखामा परेर अघि बड्न कठिन भएकाले केही धिमा गति गरेर अघि बड्दै गर्दा एक्कासि अगाडिको पाङ्ग्रो खाल्डोमा जाकियो अनि म सडकमा ढेर लम्पसार । विपरित दिसाबाट आएको गाडी पाँच सेकेण्डले अघि बढिसकेको भएर मात्र, पाँच सेकेण्ड ढिला भएको भए म यो लेख लेख्नै नपाउने । सडकको हालत त्यस्तो छ । लैनचौर डेरी अगाडि बनि सकेको बाटो छेउमा फेरि खाल्डो खनिदै छ । हे भगवान् ! यो खनपुरे विकास कहिले पनि नसकिने परेछ जस्तो लाग्यो । यस्तो अव्यवस्थित कुरातिर चाहिं ध्यान छैन जाबो लेन मिच्यो भनेर दण्ड जरिवाना गर्नु कत्तिको जायज हो ? सडक बनाउँदा ढल छोप्न राखेका ढक्कनहरू तल राखेर पिच गरी खाल्डो बनाई मान्छेको जिउधनमा खेलवाड गर्नेलाई चाहिँ उन्मुक्ति दिने अनि सामान्य लेन मिच्दा फाईन लिने, ह्वाट इज ?
भन्नु कसलाई भन्नु, उनैलाई भन्नु जसले समाउँछन् भने पनि अरुतिर थाहा छैन । यो सिंहदरवारको मूलगेट अगाडि हो थाहा छैन ? भनेर उल्टै हप्काउलान् भन्ने पनि पीर । ट्राफिक पनि फेरि मान्छे हेरी कार्वाही गर्दा रहेछन् । बाईक चलाउने मान्छे अलि सुटेट बुटेट रहेछ भने नदेखे जस्तो गर्ने, चिल्ला गाडी आए आँखा चिम्लने अनि पुलिस तथा सेनाको गाडी आए सेलोट बुट बजारेर ठोक्ने । के पुलिस तथा सेनाका गाडीलाई लेनको कानुन लाग्दैन ? नेपाली उखान ‘ठूलालाई चईन सानालाई ऐन’ चरितार्थ छ ।

गल्कोपाखा, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बेहालको जात्रैमात्र

बेहालको जात्रैमात्र

अशोककुमार शिवा
काँध धेरै थाकिसक्यो

काँध धेरै थाकिसक्यो

अशोककुमार शिवा
फल थाम्न नसक्ने फेद के काम ?

फल थाम्न नसक्ने फेद...

अशोककुमार शिवा
बुढ्यौलीको ढोका

बुढ्यौलीको ढोका

अशोककुमार शिवा
बठ्याईं

बठ्याईं

अशोककुमार शिवा
0
Would love your thoughts, please comment.x
()
x