साइबर अपराध सम्बन्धी सचेतना सामग्री

केटीको खोजीमा

Nepal Telecom ad

कि घोराले खान्छ
कि छोराले खान्छ भन्थे
आफू त झन
एक्लो छोरो भएपछि
खानेको के पिर
कहिले खाएको छ मम
कहिले खाएको छ खिर
आमाले पनि खा खा
बुवाले पनि खा खा
मलाई भन्दा उनीहरूलाई
खुवाउनेको पीर
तर गजबको कुरो
जति खाए पनि
शरीर सुकेनासे लाग्या जस्तो
बालुवामा पानी हाल्या जस्तो
थाहै भएन
कहिले जवान भइएछ
कहिले जवानी आई गएछ
ठ्याक्कै तिस नाघेपछि
साथीहरू भन्न थाले
बिहेको साइत गन्न थाले
आप्mनो कुरो
स्कुलदेखि कलेजसम्म
न कसैले साइड हाने
न कसैलाई साइड हानियो
जसले नजर जुधाए पनि
त्यसैलाई लभ परेको ठानियो
एक दिन कलेजमा
सबसे सुन्दरीलाई प्रेमको प्रस्ताव राखें
भोलिपल्ट उसका बाले
खतरानाक गुण्डाहरू डाके
बजियाहरूले करङ नै भाँचिने गरी झाँके ।

फेरि अर्की ठिकैकीको पछि लागें
उसका पनि दाइहरूले
दाउराको चिरपटले लखेट्दा
ज्यान जोगाउँदै भागें
फेरि एक दिन
एउटी मैजस्ती सुकेनासीलाई
एकान्तमा डाकें र
डाइरेक्ट विवाहको कुरो राखें
उसले भनी–
म सुकेको माछा जस्तो
तिमी परालको बाछा जस्तो
हाम्रो जन्मने बच्चाहरू होलान्
कस्तो कस्तो
कोही पतङ्ग झैं उड्लान्
कोही पात झैं उड्लान्
कोही हावा नभएको पाङ्ग्रा झैं गुड्लान्
दिनहुँ दुईचार वटा केरासँग
दुई चार गिलास दुध पिए
तर तिमीसँग म पनि गर्दिन बिहे ।

फेरि हिंडें केटीको खोजाइमा
एउटी धम्मर्धुसे आई रोजाइमा
हेर्दा ठ्याक्कै अर्नाको पाडी जस्ती
मोडल मुस्ताङे गाडी जस्ती
जब बात भयो
स्वर साढेको हुक्काँ जस्तो
धाप हानी त मेरो काँधमा
बाफ रे बाफ ! टाइसनको मुक्का जस्तो
जब मैले बिहेको कुरो गरें
उसको कुरो सुनेर छक्क परें ।
उसले हाँस्दै भनी–
हात्तीले कसरी
फट्याङ्ग्रासँग बिहे गर्छ
तिमीलाई थाह छैन
यी तिघ्राले लाग्यो भने
फट्याङ्ग्रो त ठहरै पर्छ ।

मैले पनि पाखुरा सुक्र्याउँदै भनें–
यो पनि गोरस खाएको ज्यु हो
देख्दा सुकेनासे भए पनि
उन्नत जातको बिउ हो
उसले एक धक्का हान्दा
एक कोस टाढा गई झरेछु
अरुले उदार नगरेको भए
झन्नै म त मरेछु ।

अझै पनि मेरा लागि
बाबुआमा खोज्दैछन् बुहारी
न दुब्ली न मोटी
न अग्ली न छोटी, न काली न गोरी
मै जस्तै सुकेनासेकी छोरी ।

दाङ, हाल :काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x