मोहनराज शर्माकान्छी डुइँनीको चिठी
अनि माले भन्यो “खेंचाले त्यस्को हो भन्छ कि भन्दैन ?” अनि मैले पनि विचार गर्यो हजूरले मेरो हुनुहुन्न भन्यो भने म के गर्छ । सम्झेर म दुरू दुरू रोयो । माले भन्यो “नरो भोलि तलाई सुडिनी कहाँ लैजान्छ ।
गोप्पी जरूली । सोस्ति सिरी प्रान प्यारा इचंगुको किस्नबादुर बुढाठोकी हाल कलकत्ताको हिन्दूस्थान मोत्र कम्पनीको दरबार बादुरको चरन कमलमा म हलचोके कान्छी डुइनीको कोती कोती दण्दवट । उप्रान्त हजुरले कलकत्ता पुगि विट्टिकै चिथी लेखेर पथाउँछ भन्यो तर दस महीना भयो एउता अच्छेर पनि पथाएन । म यहाँ सुर्टाले मरिसक्यो । यो मिसा मान्छेको जाटै त्यस्टो मिसा मान्छे मर्छ बाँच्छ त्यस्ले विचार गर्दैन हजूरले यहाँ बस्यो सम्म कस्तो मिथो मिथो कुरा गर्छ । अब छोरेर गयपछि थाहा भयो सबै बिर्सेर ल्यायो । नक्कली उपिनी कहाँ म सदै जान्छ । चिथी आयो होला भनेर सोझ्छ । त्यस्ले आयन भन्छ । अनि म हलचोकको दारामा बस्येर दुरूदुरु रून्छ । अनि मनले केको जुनी ढिक्कार भन्छ । खिचा नि भय पनि भाले हुनु ढेरी जाटि ।
हजूरले त्यो सबै कुरा बिस्र्ये जस्तो छ । पांचस्मा मलाई ख्वाउन भन्यार हजूरले बात चार बत्ता ल्यायो । मैले त्यो के भनेर सोझ्यो । हजूरले बेलाइती जार भन्यो । अनि हामीले फोर्दी वादी गन्यो । आहो मैले कट्टि स्वायो । मिथो त्यस्टी ठियो । मलाई कस्तो लग्या भयो । सिभुको वनमा मेरो हाट समात्येर व्बां जाँडै हजुरले सेनिमाको गाना करायो । मलाई नाच घुम भन्यो । जाँरको सरमा मैले पनि भक्कु नाचघुम्यो । हजूर कटि हाँस्यो । त्यसै दिन ट हो नि हजुरले मलाई कला बनायो मैले हजूरलाई भात बनायो प अब जनम भर छोर्दैन भनेर भैरब द्योको अगाडि हामीले पाmयको गन्यो । छि कस्तो तोकेको ठियो । माले घर पुगि विट्टिकै सोझयो नेटाल्ये के भयो ? मलाई के भन्छ के भन्छ भयो । अनि मैले भन्यो सिमुको वनमा माकचाले डाँटले तोक्यो । मति भन्यो तँ अब ल्यासे भयो । तँलाई माकचाले तोक्न थाल्यो । चारै दिएर पथाउन अब टेरोः भन्छ ।
व्बालाई राटौ ढेरी बेर सम्म मा र व्बा के के कुरा गर्यो । विहान उथेर ब्बाले भन्यो तँ अब ल्यासे भयो हाकुचासँग दिएर पथाउँछ । मैले भन्यो म विहा गर्दैन । व्बाले सोध्यो किन गर्दैन ? मैले दराई दराई भन्यो हामीले विहा गरिसक्यो । ब्बाले फेरि सोध्यो को डुईचा हो त्यो ? मैले भन्यो त्यो दुईचार खेचा हो । यो सुनेर डेरी रिस टाक्यो भन्यो डुइनीको विहा चासंग हुन्न । त्यसलाई छोरिदे र मैले भन्याको डुइचासंग जा । मैले भन्यो म खँेचालाई छोर्न सक्दैन । डुइनीको विहा खेँचासँग अब हुन्छ । हाम्रो जुजुले मुलकको ऐनमा यो सबै लेख्यार दिइसक्यो । मेरो भात त्यही खँेचा हो । टिमले यटि भन्दा भन्दै पनि अरूलाई दिएर पथाउँछ भने म चुगीले रेतेर मर्छ । व्या ताउको समातेर बस्यो र ढेरी बेरपछि भन्यो तँलाई राटो मातो दोकामा बोक्न छारेर दुइता अक्षर पढाएको यस्तै गर्न हो ? म केहि बोलेन । अनि व्बा पनि केहि बोलेन । अहिले सम्मि पनि बोलेन ! माले भन्छ व्वाले अब केही भन्दैन । तर त्यो हामु डुइँचा भने दुख दिन्छ ।
ि
हिजो म ढारामा पानी लिन जाँदा त्यस्ले मलाई हाटले वा वा भन्यो । मैले ठुइथ्य ठुकिदियो । फेरि वा वा भन्यो । मैले दिउस बारीमा घाँस कातेको बेला त्यस्ले मलाई बकाइनाको गेराले छाटिमा हानेर ल्यायो । मलाई सारी रिस दाक्यो र अनि मैले पनि एउता सानो घुंगाले त्यस्को ताउकोमा हानेर पथायो । त्यो ताउको समात्येर ठचक्क बस्यो । यो देखेर म दरायो घर टिर भाग्यो ।
हजूर कस्टो छ ? सेनिमा कट्टिको देख्छ ? सेनिमा ढेरी नहेर् । निवा भायमा सेनिमा भनेको विग्रिहाल हो । यो ढेरी हेर्ये भने मान्छि विगरन्छ । सेनिमाको मिसा मान्छिहरू खूब ल्यासे ल्यासे हुन्छ । हजुर पनि भगवान द्यो जस्तो छ । सेनिमाको ल्यासेले हजुरलाई लैजान्छ भनेर म सँदै दराइरहन्छ । त्यसैले हजूर सेनिमा ढेरी नहेर् । नतर म यहा भुटुक्कि मर्छ ।
म यहाँ राटी सुट्ने सुकुमा ठुप्रि दें भयो । निभामा सुकायो तै पिनि गयन । ढेलाई खेँचाहरूले के भन्छ मलाई ठाहा छैन । हैलाई त हाँस भन्छ । साइत ढेलाई ढाँस भन्छ । यो ढाँस मार्ने वास पथाइदे । हजूरलाई सम्झेर म राट भरी सुकुमा छतपत गर्छ । ढेले तोक्छ निन्द्रा पर्दिन । फेरि ताउकोमा कुसी पनि असाढि भयो । कुसी मार्ने वास पिनि पथाइदे । यस्तै हो भने त म छितै मर्छ । अनि माचा खुसीमा लगेर मलाई दराइदिनु छुत्ति हुन्छ ।
हजूर मलाई अलिकटि पिनि माया गर्दैन । नक्कलीलाई त्यस्को भातले कस्तो माया गर्छ । त्यस्ले नक्कलीलाई कस्टो कस्टो माल पथायो । दुइता हयन्दलुको सारी, दुइता विलाउज दुइता पम्मु पाउदर, एउता मुखमा लाउने सुनो एउता ओधमा लाउने लिपाहिसितिका । हजुरले मलाई यस्तो केही नपथाए पिनि चिथी मात्रि पथा । चिथी नै आएन । कहिं सेनिमाको ल्यासेले त लगेन दर लागिरहन्छ ।
नक्कलीको भात ठापा काजीले त्यस्लाई एउता सेनिमाको गानाको सफु पनि पथायो । त्यस्मा कस्तो राम्रो राम्रो गाना छ नक्कली त्यो गाना कराइरहन्छ “जुनेली राटमा जुनेवली राटमा” त्यस्ले ठापा काजीलाई चिथी पथाउँदा त्यो गाना पिनि हालेर पथाउँछ । म अभागीलाई त त्यस्तो गानाको सफु पथाउने पिनि कोही छैन । गानाभन्दा सेला सेला सस्टो हुन्छ र ढेरी हुन्छ भन्छ । गाना नभए सेलाकै सफु भय पनि पथाइदे । अनि म पिनि हजूरलाई गाना हालेर चिथी लेख्छ । नक्कली भन्छ मक्की कुरामा गानालाई सेर हालेर पथायो “तेरी प्यारी प्यारी आँखामा” फेरी नक्कलीले नै भन्यो अब आजभोलि हिन्दूस्थानमा सेर चल्दैन किलो चल्छ । किलो नै भए पिनि दुइ चार ओता पथाइदे । म आफ्ना सिरानीको भिट्टामा थोकेर राख्छ र चाहिएको बेलामा दुइ चार गेरा झिकेर चिथीमा हालेर पथाउँछ । मन लागेको बेलामा गाना पिनि कराउँछ ।
मेरो मेतमा भएको जस्टो छ । सँदै हो गर्न मनगर्छ र पाउँमात्रि स्वान्छ । हिज माले सोध्यो “ए कान्छीचा ! तेरो लच्छिन राम्रो हुनुहुन्न पेतमा भयो कि कसो ?” मैले भन्यो “ठाहा छैन ।” अनि माले भन्यो “खेंचाले त्यस्को हो भन्छ कि भन्दैन ?” अनि मैले पनि विचार गर्यो हजूरले मेरो हुनुहुन्न भन्यो भने म के गर्छ । सम्झेर म दुरू दुरू रोयो । माले भन्यो “नरो भोलि तलाई सुडिनी कहाँ लैजान्छ । यो कुरा कसिलाई नभन” हजूर भनिदे हजूर सिकार गर्छ कि गर्दैन । गर्दैन भने म बाँच्न मन छैन । म कुँदेर भूट्क्कि मर्छ । सिकार गर्छ भने हाविजाजबाट कत्त आइज ।
मैले ठोरी लेख्यो तर हजूर यसिलाई ढेरी सम्झी र त्यहाँ खायर यहाँ चुथ्न आ ।
हजुरका प्रान प्यारी कान्छी डुईंनी
०००
‘सिस्नुपानी’ झाम्टो २, २०५५
Subscribe
Login
0 Comments
Oldest






































