साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार खित्कौली

टोलबासीः असइसाप ! ह्याँ त साइनबोर्डमा प्रहरी बिट भनेर लेख्या छ, प्रहरीको सिंगो भाँडो कहाँ छ त ? असइः यस्ता बकवास कुरा गर्न नआउनुस् ! गैहाल्नुस् ह्याँबाट !!

Nepal Telecom ad

अमर अधिकारी :

(बाटोमा दुई साथी भेट भएपछि)
पहिलोः कता हिँडेको साथी ?
दोस्रोः बैंकमा खाता खोलूँ भनेको, कहाँ खोल्दा ठीक होला ?
पहिलोः यहीँ नजिकै छ सानिमा बैंक, त्यसमा खोल्नुस्, ब्याज पनि राम्रै दिन्छ।
दोस्रोः ठूलीमा बैंक छैन यतातिर ? अलि बढी दिन्थ्यो कि ब्याज।
-१-

(छोरो विरामी भएपछि श्रीमान्-श्रीमती कुरा गर्दै)
श्रीमतीः ल ! छोराको ज्वरो त च्वाट्टै निको भए छ नि !
श्रीमानः भर्खरै एउटा मोबाइल किनेर ल्याइदिएपछि निको भैहाल्यो नि ज्वरो ! अब मलाई सुरु हुन्छ ज्वरो ।
श्रीमतीः यो मोबाइलले पनि गर्नुगर्या छ बा !
-२-

(टोलमा गुण्डागर्दी हुनथालेपछि एकजना टोलबासी प्रहरीमा पुगे)
टोलबासीः असइसाप ! ह्याँ त साइनबोर्डमा प्रहरी बिट भनेर लेख्या छ, प्रहरीको सिंगो भाँडो कहाँ छ त ?
असइः यस्ता बकवास कुरा गर्न नआउनुस् ! गैहाल्नुस् ह्याँबाट !!
-३-

(भ्रमणमा जानुभन्दा अघिल्लो दिन एकजना आन्तरिक पर्यटक ज्योतिषीकहाँ पुगे)
आन्तरिक पर्यटकः गुरु ! भोलिदेखि एकसाताको भ्रमणमा जानुछ, मलाई रुघाखोकी लाग्ला कि नलाग्ला ?
ज्योतीषीः तपाईँले मलाई डाक्टर भन्ठानुभो कि क्या हो ? म त ज्योतिषी हूँ।
-४-

०००
खुंग्री, रोल्पा। हालः बुढानिलकण्ठ, काठमाडौँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
तीन खित्कौली

तीन खित्कौली

अमर अधिकारी
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
चुनावी खित्कौली

चुनावी खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x