अमर अधिकारीचार खित्कौली
श्रीमतीः हैन कता दौड्नु भाको खन्दाखन्दै कोदालो मिल्काएर ? श्रीमानः अमरदाइले फेसबुकमा यतिबेला के पोस्ट गर्नुभा छ, हेरेर आउँछु तलतल लाइराछ। वाईफाईले ह्याँ टिप्दैन।

अमर अधिकारी :
(दुई वृद्ध चिया पसलमा भेट भएपछि कुरा गर्दै)
बलवीरः हैन यो फेसबुकमा बुढो पनि तन्नेरी र खाइलाग्दो देखिन्छ किन होला?
वीरबलः फेसबुकको भर पर्दा त्यसै फस्दा हुन् र केटीहरु?
-१-
(मासु पसले र टोलबासीबीचको संवाद)
टोलबासीः पसल यहाँ सारेको एक हप्तामै सर्नथाल्नुभयो त! के भयो र साहुजी ?
मासुपसलेः यो टोलमा धेरैजसो शाकाहारी रहेछन्, पसलै चलेन, अनि नसरेर के गर्नु त ?
-२-
(आगन्तुक टोलमा पुगेपछि)
आगन्तुकः झपारेको घर कुन होला भाइ यो टोलमा ?
चियापसलेः यो टोलमा झपारे नाम गरेको कोही भए जस्तो त लाग्दैन दाइ !
आगन्तुकः उहाँको खास नाम झपेन्द्र पाणि रेग्मी हो अर्कोटोलमा पनि जानुपर्ने हुँदा अलि हतार भएर छोटकरीमा झपारे भनेको हो।
-३-
(बारीमा काम गर्दै श्रीमान् श्रीमती)
श्रीमतीः हैन कता दौड्नु भाको खन्दाखन्दै कोदालो मिल्काएर ?
श्रीमानः अमरदाइले फेसबुकमा यतिबेला के पोस्ट गर्नुभा छ, हेरेर आउँछु तलतल लाइराछ। वाईफाईले ह्याँ टिप्दैन।
-४-
०००
खुंग्री, रोल्पा। हालः बुढानिलकण्ठ, काठमाडौँ।
Subscribe
Login
0 Comments
Oldest




































