साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यो राष्ट्रमा राष्ट्रियता हरायो

स्वतन्त्रता भाषणमा बिलायो कानूनले हात कता मिलायो यहाँ प्रजातन्त्र निकै करायो यो राष्ट्रमा राष्ट्रियता हरायो ! जन्ताहरूको मुख भो अँधेरो दर्बारिया मात्र चढुन् पजेरो राष्ट्रियता यीसँग नै डरायो यो राष्ट्रमा राष्ट्रियता हरायो !

Nepal Telecom ad

काशीनाथ मिश्रित :

उदेक लाग्यो अनि खिन्नता भो
पैले र ऐले कति भिन्नता भो ?
हटेर गाई अब बाघ आयो
यो राष्ट्रमा राष्ट्रियता हरायो !

रहेन खै इज्जत के कमायो ?
उल्टै उसैले अहिले गुमायो
अभेद्य इन्द्रासन डग्मगायो
यो राष्ट्रमा राष्ट्रियता हरायो !

खुम्चे सिमा साँगुरियो कि देश !
छिमेकका बाँध बने विशेष
फर्केर आफ्नै जलले डुबायो
यो राष्ट्रमा राष्ट्रियता हरायो !

खै के भयो सन्धि नदीहरूको ?
कोसी र काली अनि गण्डकीको
निर्दोष नीलो जलले सराप्यो
यो राष्ट्रमा राष्ट्रियता हरायो !

स्वदेशको गौरव वीरता हो
भागेछ क्यारे अहिले कता गो ?
कठै बिरामी इतिहास रोयो
यो राष्ट्रमा राष्ट्रियता हरायो !

शान्ती, अहिंसा र परोपकार
सिद्धार्थको चिन्तन सिद्धियो र ?
रक्सी पिएझैँ जग लर्खरायो
यो राष्ट्रमा राष्ट्रियता हरायो !

नेपालिका लास वनैभरी छन्
गुलाव श्रीखण्ड बसाउँदैनन्
बेलायती अत्तर मग्मगायो
यो राष्ट्रमा राष्ट्रियता हरायो !

सुनिन्न खै वेद कतै पढेको
जताततै सुन्छु मरे–लडेको
अमेरिकी बारुद पो गनायो
यो राष्ट्रमा राष्ट्रियता हरायो !

कमेज, दौरा, सुरुवाल, टोपी
चोलो, मजेत्रो, फरिया र टेकी
हटाइ टाई किन फर्फरायो ?
यो राष्ट्रमा राष्ट्रियता हरायो !

सुनिन्न काहीँ मुरली बजेको
गाइन्न रोदी, सँगिनी र सेलो
पाश्चात्य छाडा पपले गिरायो
यो राष्ट्रमा राष्ट्रियता हरायो !

नेपाल छोडेर युवा कतार–
मलेसिया जान गरे हतार
विदेशमा नै पसिना बगायो
यो राष्ट्रमा राष्ट्रियता हरायो !

जन्मे अरे गौतम इन्डियामा
सुन्दा कुरा दुःखित छन् नि आमा
हेपेर बोल्ने कसले गरायो ?
यो राष्ट्रमा राष्ट्रियता हरायो !/

स्वतन्त्रता भाषणमा बिलायो
कानूनले हात कता मिलायो
यहाँ प्रजातन्त्र निकै करायो
यो राष्ट्रमा राष्ट्रियता हरायो !

जन्ताहरूको मुख भो अँधेरो
दर्बारिया मात्र चढुन् पजेरो
राष्ट्रियता यीसँग नै डरायो
यो राष्ट्रमा राष्ट्रियता हरायो !

०००
मिश्रित तरङ्ग (२०८१)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
पर जा तन्त्र

पर जा तन्त्र

काशीनाथ मिश्रित
जनता जनार्दन

जनता जनार्दन

काशीनाथ मिश्रित
कागलाई बेल पाक्यो हर्ष न विस्मात !

कागलाई बेल पाक्यो हर्ष...

काशीनाथ मिश्रित
आगलागी झुपडी डेढ घडी भद्रा

आगलागी झुपडी डेढ घडी...

काशीनाथ मिश्रित
बहुदल पार्टी

बहुदल पार्टी

काशीनाथ मिश्रित
आफै बोक्सी आफै धामी

आफै बोक्सी आफै धामी

काशीनाथ मिश्रित
शक्ति र सिध्दान्त

शक्ति र सिध्दान्त

डा. विदुर चालिसे
स्वाभिमान

स्वाभिमान

डा. श्यामप्रसाद न्यौपाने
म भक्त हुँ

म भक्त हुँ

शिवप्रसाद जैशी
अह‌ङ्कारको आगो

अह‌ङ्कारको आगो

प्रा. कपिल अज्ञात
सपनामाथि तपाईंहरु कत्तिको विश्वास गर्नुहुन्छ…?

सपनामाथि तपाईंहरु कत्तिको विश्वास...

राजेन्द्रप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x