साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँच ठोक्तक

झुट, बकवासको फन्दामा लक्ष्मण रेखा मेटिन सक्छ हराउनु हुँदैन विश्वास र गिराउनु हुँदैन आत्मविश्वास, लिलाम बढाबढ गर्दैमा महानायक नभेटिन सक्छ ।

Nepal Telecom ad

इ. कुमार खड्का

१.
जगमा मात्र हैन भित्तामा पनि भ्रष्टाचार
कित्तामा मात्र हैन फित्तामा पनि भ्रष्टाचार
मिटरमा के कुरा ? मिलि, सेन्टि, नछोड्नेको,
चितामा सुत्ने बेला बित्तामा पनि भ्रष्टाचार ।?

२.
गरुडको छाया पर्ने सर्प नागभै पूजित छन्
भिमसेनको वाहावाही युधिष्ठिर विजित छन्
सृष्टिकर्ता गुमनाममा आरोप र प्रत्यारोपले
शिवलिङ्ग काखी च्याप्ने शक्तिपूजा सृजित छन् ।

३.
अपराधीले अँध्यारोमा कपटी पासा चलाउछ
स्वाभिमानी हिम्मतले सम्मुखमै तीर छलाउछ
बाँदर जाति हुनुपर्छ बाघको जुँगा चलाउनेको,
हनुमान हुन सके पो सुनको लङ्का जलाउछ ।?

४.
अन्ध भक्तिमै रमाउछन् शक्तिका पुजारीहरु
हावी हुन्छन् समाजका जारी र विचारीहरु
मोहरा बनाउने पनि शक्तिकै छाया रुपमा,
काँध चढेरै भत्काउछन् आपसी समझदारीहरु ।

५.
जहाँ ईज्जत बिक्रिमा हुन्छ इमान्दारिता रेटिन सक्छ
झुट, बकवासको फन्दामा लक्ष्मण रेखा मेटिन सक्छ
हराउनु हुँदैन विश्वास र गिराउनु हुँदैन आत्मविश्वास,
लिलाम बढाबढ गर्दैमा महानायक नभेटिन सक्छ ।

०००
आलापोट, काठमाण्डौं ।
२०८२/०३/१३

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
चार ठोकान

चार ठोकान

कुमार खड्का
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x