बालबालिकालाई मोबाइलको लतबाट जोगाऔ

शङ्कै शङ्काको जालो

उहाँलाई योग्यता किन चाहियो र हजुर उहाँ त बहालवाला मन्त्रीज्यूको सालो हो ।

Nepal Telecom ad

युवराज भण्डारी :

नसोच साथी शङ्कै शङ्काको जालो हो
जिन्दगी त एक एक पलको सँगालो हो ।

जनताले हात पक्रिँदा नजङ्गिनू नेताज्यू
वास्तवमा हजुरको समात्नुपर्ने कठालो हो ।

उहाँको रगतको रङमा सन्देह नगर मित्र
अरू केही हैन श्रीमानको विचार कालो हो ।

उहाँलाई योग्यता किन चाहियो र हजुर
उहाँ त बहालवाला मन्त्रीज्यूको सालो हो ।

भैगो उसको सामु समथरको धक्कु नलगाऊ
सम्म हैन लालीगुराँसको रोजाइ भिरालो हो ।

०००
(भर्खरै प्रकाशित गजलसङ्ग्रह ‘भावनाको तस्वीर’ बाट)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
लङ्गौटिया यार

लङ्गौटिया यार

युवराज भण्डारी
विवेकशील मानिस

विवेकशील मानिस

युवराज भण्डारी
क्षमा याचना

क्षमा याचना

युवराज भण्डारी
जसरी पनि जित्छन्

जसरी पनि जित्छन्

युवराज भण्डारी
चार ठोक्तक

चार ठोक्तक

युवराज भण्डारी
समय अपार आयो

समय अपार आयो

युवराज भण्डारी
खै त खालो सर्‍यौ ?

खै त खालो सर्‍यौ...

निलहरि काफ्ले
माटोको कथा

माटोको कथा

लक्ष्मीप्रसाद फुयाल
कस्ले उर्दी लायो ?

कस्ले उर्दी लायो ?

निलहरि काफ्ले
गजबकै हुन्छ

गजबकै हुन्छ

प्रमोद अमात्य
सधैँको गाईजात्रा !!

सधैँको गाईजात्रा !!

प्रमाेद भट्टराई प्रतीक