साइबर अपराध सम्बन्धी सचेतना सामग्री

टिकटक

टिकटक बन्दपछि होशमा छन् वा बेहोशमा छन् सुगुरसँगै डाम्नो बैतरणी तर्‍यो भन्छन् साथीहरू ।

Nepal Telecom ad

मरूभूमि नारायण :

गर्न नि टिकटकले उपद्रो गर्‍यो भन्छन् साथीहरू
झर्न पनि डलरकै डोको झर्‍यो भन्छन् साथीहरू ।

नयाँलाई हवात्तै ल्यायो पुरानोलाई स्वात्तै बगायो
टिकटक त अल्पायुमै मर्‍यो भन्छन् साथीहरू ।

हेर बिजोग कत्तिका जोई छुटे कत्तिका पोइ छुटे
फेरि कत्तिको झिंगे लभ पर्‍यो भन्छन् साथीहरू ।

सेता तिघ्रा देखाएर कत्तिले ऊ त्यो सम्म हल्लाए
भीरको फल देखाइ मनै हर्‍यो भन्छन् साथीहरू ।

मान्छे लाइभमा आयो पाकेका फलफूल देखायो
साँढेको फल मुखै नपरी टर्‍यो भन्छन् साथीहरू ।

टिकटकमा आईमाई आए न गुन्यू समाए तिनले
बिर्से सारा वस्त्र मुन्तिर सर्‍यो भन्छन् साथीहरू ।

टिकटक बन्दपछि होशमा छन् वा बेहोशमा छन्
सुगुरसँगै डाम्नो बैतरणी तर्‍यो भन्छन् साथीहरू ।

०००
तनहुँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छैन

छैन

मरुभूमि नारायण
जे गर्छ सरकारले गर्छ …

जे गर्छ सरकारले गर्छ...

मरुभूमि नारायण
सडकमा व्यापक तमासा छ

सडकमा व्यापक तमासा छ

मरुभूमि नारायण
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
केहि फरक पर्दैन

केहि फरक पर्दैन

सुदन लुइटेल
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x