साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चश्मा

निकै दिन सकुशल रहेकी छोरी फेरि बिरामी परेपछि हरि एकछिन सोचमग्न भयो ! उसले केही सोच्न सकिरहेको थिएन ! छोरीलाई कुन अस्पताल लैजाने भनेर दोधारमा परेको पतिलाई कोट्याएर प्रियाले भनी, “कालु ! पल्लो टोलमा एकजना धामी बा बस्छन् रे ! त्यहाँ फुक्न लैजाउँ न छोरीलाई !”

Nepal Telecom ad

लीलाराज दाहाल :

हरि र प्रिया वैवाहिक जीवनको तेस्रो वर्षमा थिए ! दुवै स्नातकोत्तर गरेका जोडी थिए ! उनीहरू बाबु आमाले गराइदिने परम्परागत मागी विवाहको घोर बिरोधी थिए ! प्रिया भन्थी, “अहिलेको जमानामा पनि कसैले बाबुआमाले खोजिदिएको केटासँग विवाह गर्छ ? होइन त कालु !” पत्नीद्वारा कालु भनिने पति हरिले श्रीमतीको भनाइमा सही थप्यो, “हो त डियर ! आफ्नो जीवन साथी आफैं खोज्ने हो ! हामीले जस्तै !”

उनीहरु परस्परमा मन पराएर विवाह बन्धनमा बाँधिएका थिए ! उनीहरूको प्रेमको प्रतीक टुकुटुकु हिँड्ने एउटी छोरी थिई ! पहिलो गाँसमै ढुङ्गा भने जस्तै छोरी प्रायः जसो बिरामी हुन्थी ! त्यसैले उनीहरुको अस्पताल – आवास दौड चलिरहन्थ्यो ! कहिले कुन बिमार, कहिले कुन ! सधैं जसो अस्पताल गैरहनु पर्थ्यो !

निकै दिन सकुशल रहेकी छोरी फेरि बिरामी परेपछि हरि एकछिन सोचमग्न भयो ! उसले केही सोच्न सकिरहेको थिएन ! छोरीलाई कुन अस्पताल लैजाने भनेर दोधारमा परेको पतिलाई कोट्याएर प्रियाले भनी, “कालु ! पल्लो टोलमा एकजना धामी बा बस्छन् रे ! त्यहाँ फुक्न लैजाउँ न छोरीलाई !”

एकछिनका लागि उनीहरुले चेतना र भौतिक ज्ञान बिर्सिए ! अनि अन्धविश्वासको चश्मा लगाएर छिटो छिटो धामी बस्ने गल्लीतिर लम्किए !

०००
बागमती ११, कर्मैया, सर्लाही

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
शक्ति

शक्ति

लीलाराज दाहाल
संस्कार

संस्कार

लीलाराज दाहाल
कहाँ हुन्छ !

कहाँ हुन्छ !

लीलाराज दाहाल
म त खाँट्टि झोले हुँ

म त खाँट्टि झोले...

लीलाराज दाहाल
प्रशंसाको गीत

प्रशंसाको गीत

लीलाराज दाहाल
भाषण

भाषण

लीलाराज दाहाल
दोब्बर पुरस्कार

दोब्बर पुरस्कार

टीकाराम रेग्मी
केही लघुव्यङ्ग्यहरू

केही लघुव्यङ्ग्यहरू

हरिशंकर परसाईं
दुई नम्बरीको संसारमा

दुई नम्बरीको संसारमा

काेइराला वत्सराज
पागलको पनि पापी पेट हुन्छ

पागलको पनि पापी पेट...

सञ्जय साह मित्र
0
Would love your thoughts, please comment.x
()
x