सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

आपसमै पोल खोलाखोल

विदेशीका हली पचासी व्याञ्जन खाने हामीलाई न मासु न झोल छ साथी हो ।

Nepal Telecom ad

मरुभूमि नारायण :

देशको स्थिति डामाडोल छ साथी हो ।
आहा कति राम्रो माहोल छ साथी हो ।

नहेरुम भन्यो आँखाले हेर्न मन गर्छ
हेऱ्यो जताततै भद्रगोल छ साथी हो ।

गधाले झै काम गर्नु छ खाडीमा गई
वरु ढेडुकै जीउ अनमोल छ साथी हो ।

यौटाले बनाउँछ नै अर्कोले भत्काउँछ
आपसमै पोल खोलाखोल छ साथी हो ।

भ्रष्टाचारको भकारी नै पचाए वा यिनले
यिनको आफूमै पोलापोल छ साथी हो ।

विदेशीका हली पचासी व्याञ्जन खाने
हामीलाई न मासु न झोल छ साथी हो ।

भ्रष्टलाई एक एक छप्काउँछु के भनेथें
तत्कालै न खुकुरी न खोल छ साथी हो ।

०००
तनहूँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
थुन्दे सरकार

थुन्दे सरकार

मरुभूमि नारायण
गोरु ब्याउने कुरो छ

गोरु ब्याउने कुरो छ

मरुभूमि नारायण
काे काे माेटाए ?

काे काे माेटाए ?

मरुभूमि नारायण
शिक्षकहरूले …

शिक्षकहरूले …

मरुभूमि नारायण
कसम

कसम

मरुभूमि नारायण
थुन्दे सरकार

थुन्दे सरकार

मरुभूमि नारायण
पालो हराएर हो कि !

पालो हराएर हो कि...

चिरञ्जीवी दाहाल
मान्छेमा भूत सवार हुन्छ

मान्छेमा भूत सवार हुन्छ

शरण खत्री 'मृदुल'
0
Would love your thoughts, please comment.x
()
x