साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आपसमै पोल खोलाखोल

विदेशीका हली पचासी व्याञ्जन खाने हामीलाई न मासु न झोल छ साथी हो ।

Nepal Telecom ad

मरुभूमि नारायण :

देशको स्थिति डामाडोल छ साथी हो ।
आहा कति राम्रो माहोल छ साथी हो ।

नहेरुम भन्यो आँखाले हेर्न मन गर्छ
हेऱ्यो जताततै भद्रगोल छ साथी हो ।

गधाले झै काम गर्नु छ खाडीमा गई
वरु ढेडुकै जीउ अनमोल छ साथी हो ।

यौटाले बनाउँछ नै अर्कोले भत्काउँछ
आपसमै पोल खोलाखोल छ साथी हो ।

भ्रष्टाचारको भकारी नै पचाए वा यिनले
यिनको आफूमै पोलापोल छ साथी हो ।

विदेशीका हली पचासी व्याञ्जन खाने
हामीलाई न मासु न झोल छ साथी हो ।

भ्रष्टलाई एक एक छप्काउँछु के भनेथें
तत्कालै न खुकुरी न खोल छ साथी हो ।

०००
तनहूँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छैन

छैन

मरुभूमि नारायण
जे गर्छ सरकारले गर्छ …

जे गर्छ सरकारले गर्छ...

मरुभूमि नारायण
सडकमा व्यापक तमासा छ

सडकमा व्यापक तमासा छ

मरुभूमि नारायण
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x