सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

उखु भनी समाएछौ ढोड !

तिमी कर्ण, स्वाभिमानी, कौन्तेय हौ पक्का ! सङ्गतमा शकुनि छ, छिटो नाता तोड !!

Nepal Telecom ad

धनराज गिरी :

मेरो जिउमा सुके लुतो, मेरो कुरा छोड !
तिम्रो जिउमा देखेको छु दादामाथि कोढ !

मलाई सानो रुघाखोकी थियो, अब छैन !
निमोनिया तिमीलाई बाक्लो सिरक ओढ !

एक पेपर ब्याक मेरो, पढ्छु, लाग्छु पार !
सातै पेपर गयो तिम्रो अब यात्रा मोड !

मेरो आँगन, आहा हेर, बोट तुलसीको !
तिम्रो मनाँगनमा गन्धेझार अति, गोड !

तिमी कर्ण, स्वाभिमानी, कौन्तेय हौ पक्का !
सङ्गतमा शकुनि छ, छिटो नाता तोड !!

मेरो भागमा आहा उखु,अझ पहाडको !
अभागी हौ, उखु भनी समाएछौ ढोड !

मेरो मार्ग भुमहीदेखि भैरहवाजस्तो !!
तिम्रो किस्मत उबडखावड उही बाइरोड !

०००
चितवन, हाल क्यानडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
पुरस्कार दाता !

पुरस्कार दाता !

धनराज गिरी
साहस !

साहस !

धनराज गिरी
महागुण्डा !

महागुण्डा !

धनराज गिरी
मैले मात्र हो र ?

मैले मात्र हो र...

धनराज गिरी
पक्का !

पक्का !

धनराज गिरी
यूटोपिया !

यूटोपिया !

धनराज गिरी
थोत्रो राजा…

थोत्रो राजा…

भोजराज रेग्मी ‘मुखाले’
कसम

कसम

मरुभूमि नारायण
मुखमा कालो नकाव छ

मुखमा कालो नकाव छ

मरुभूमि नारायण
टुप्पोमा पुग्नेले

टुप्पोमा पुग्नेले

युवराज भण्डारी
0
Would love your thoughts, please comment.x
()
x