साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अग्रगामी छलाङ

मलाई मेरा छोराछोरीले यसै देशमा तलजात मलजात गर्छन् कि भन्ने ठूलो डर थियो। आज म त्यो डरबाट मुक्त भएको महसुस गरेको छु।

Nepal Telecom ad

बालकृष्ण खनाल :

चन्दन बाजेको पुर्खेउली पेसा भनेकै कर्मकाण्डी हो।
उनका बाउबाजेले त्यहीपेसाबाट राम्रै जयजेथा जोडिदिएका थिए चन्दन बाजेको लागि।
उनले जात भात भनेकै पूर्वीय परम्परा हो हामीले छोड्न हुँदैन। धर्म सस्कार भनेकै यही हो यसको जगेर्ना गरिरहनुपर्छ।

तब मात्र हामिले धर्मगरेको ठहर्छ भन्ने उपदेस दिने गर्दथे ।
कथित दलित तलजात भन्नेहरूको आफ्नो घरको आँगनमा पाइला पर्‍यो भने पनि जात झरेको सम्झन्थे र भन्ने गर्दथे आफ्नो आफ्नो थितिमा बस्नु पर्दछ ! कसैले पनि तलजात मलजात गर्नहुँदैन।

तिनै बाजेका छोराछोरी अमेरिका र अस्ट्रेलिया अध्यन गर्ने बहाना गरेर गएका थिए ।
छोरीले उतै अमेरिकन नागरिक केटासँग र छोराले स्पेनिज केटी सँग Valetin,s Day को शुभमूहुर्त्तको दिन पारेर प्रेम प्रस्ताव राखेर विवाह गरेछन् ।
अनि छोराले स्पेनी बुहारी र छोरीले अमेरिकी ज्वाइँ लिएर घर आए।

पैसा थुप्रो कमाएका थिए ! आमाबाबासँग इस्टमित्र साथीभाइ सबैलाई निमन्त्रणा गरेर भोज खुवाउने निधो गरेछन् ।
अनि कुनै पाटी पेलेसमा भोजको आयोजना गरे।
भोज खानुभन्दा पहिला चन्दन बाजेले छोरी ज्वाइँ र छोरा बुहारीको परिचय दिँदै यसो भने।
मलाई मेरा छोराछोरीले यसै देशमा तलजात मलजात गर्छन् कि भन्ने ठूलो डर थियो। आज म त्यो डरबाट मुक्त भएको महसुस गरेको छु।

उहाँ मेरा ज्वाइँ साहेब अमेरिकन नागरिक ह्याँङ्की र उनी मेरी बुहारी स्पेनिज नागरिक जुली।
हाम्रो निम्ता स्वीकार गरेर पाल्नु भएकोमा सम्पूर्ण प्रति आभारी छु र मेरा छोराछोरीले अग्रगामी छलाङ मारेकोमा धन्याद नदिइकन रहन सक्दिन भने।

०००
टीकापुर, कैलाली
२०८१/११/२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
पैसा कमाएपछि

पैसा कमाएपछि

बालकृष्ण खनाल
बोल्दै नबोल्ने भयो

बोल्दै नबोल्ने भयो

बालकृष्ण खनाल
भागेर जो गैगयो

भागेर जो गैगयो

बालकृष्ण खनाल
बूढो भएछू अब

बूढो भएछू अब

बालकृष्ण खनाल
हो स्वर्ग मेरो घर

हो स्वर्ग मेरो घर

बालकृष्ण खनाल
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
0
Would love your thoughts, please comment.x
()
x