साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लेख्दा आफैलाई लेख्नू

सबै सबै तिमीले लेखिसकेको हुनेछौ तिमीलाई कुनै वाद र विचार चाहिने छैन तिमीलाई कुनै सपोर्ट सिस्टम चाहिने छैन

Nepal Telecom ad

सुरेश राई :

लेख्नू
सधैँ आफ्नै बारेमा लेख्नू
लगातार निजत्वमा लेख्नू
केवल अफैलाई मात्र लेख्नू
निरन्तर निरन्तर ‘आफू’ लेखिरहनू

बरू त्यसो गर्दा
ठीकसँगले लेख्नू
केही नछुटाइ लेख्नू
जतिसक्दो आफ्नो पत्रपत्र केलाएर लेख्नू
बाँकी केही नरहनेगरी निखारेर लेख्नू
आफूलाई भरपूर पोखाएर लेख्नू
खाली आफ्नै बारेमा लेख्छ भन्नेहरूसँग
बिल्कुल नडराइ लेख्नू
बिना कुनै संकोच र शंका
आत्मविश्वाससाथ लेख्नू
सिलसिलेवार लेख्नू
केही नबिराइ लेख्नू

आफूले आफैलाई लेख्दा
आँशुहरूको फरियाद लेख्नू
सपनाहरूको व्युत्पति र समाधि लेख्नू
हृदय तलाउका छालहरू लेख्नू
पसिनाको कथा
र मलमुत्रको सन्देश लेख्नू

तिमीलाई थाहा छ ?
तिमीले आफूलाई ठीकसँगले लेख्यौ भने
इतिहास होस् या संस्कृति
परिवेश होस् या पर्यावरण
जीवन दर्शन या अनेक मिमांसा
सबै सबै तिमीले लेखिसकेको हुनेछौ
तिमीलाई कुनै वाद र विचार चाहिने छैन
तिमीलाई कुनै सपोर्ट सिस्टम चाहिने छैन

तिमीलाई थाहा छ ?
तिमीले आफूलाई ठीकसँगले लेख्यौ भने
तिमीले अरू सप्पैको बारेमा
लेखिसकेको हुनेछौ ।

अँ बरू आफूले आफूलाई लेख्न भने
तिमीले सोचे जस्तो सजिलो हुनेछैन
त्यसैले ,
तिमी खुब तयारीसाथ लेख्नू
तिमी खुब अभ्यास गरेर लेख्नू
तर लेख्दा आफैलाई लेख्नू ।

०००
खाेटाङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लुताे

लुताे

चन्द्रप्रसाद न्याैपाने
सुके लुतो !

सुके लुतो !

उत्तम विचार
छिः मेरा बा

छिः मेरा बा

चेवनचन्द्र बस्नेत
लुताे फालेँ मैले

लुताे फालेँ मैले

रामप्रसाद पन्थी
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
0
Would love your thoughts, please comment.x
()
x