साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म हान् धनयुद्ध

कहिले ठुलो भयौ वेलुन जस्तै पुक्क परेर फुक्यौँ अहिले आकाशतिर फर्केर आफ्नै मुखमा थुक्यौँ पहिले ठुलो थियौँ अहिले सुकेर मरिच झैं भयौँ हेर्दा हेर्दै हामी नराम्ररी खेरै गयौंँखै के भयौँ भयौँ ?

Nepal Telecom ad

भोज अर्याल :

पहिले हामीले हान् सॅँगै महान धनयुद्ध लड्यौं
अहिले आएर धनकै आहालमा धुलोसॅँगै गड्यौँ
लड्नु भन्दा पहिले खाउॅंवाद पढ्नुसम्म मरेर पढ्यौँ
पढ्न त पढ्यौं तर पछि फेरि भुइँमा झरेर लड्यौँ
भष्टचार गर्न हुँदैन भन्यौं तर पछि आफै ढाडियौँ
हामी त भिरबाट लडेको गोरु झैं खाडलमा गाडियौँ

जुलुस लिएर नारा लगाउँदै गाडीसॅँगै अगाडि बढ्यौँ
फोहोरको डुंगुरभित्र पसेर मुसो झैंसँगै सड्यौँ
उकाली ओराली भिर पाखा खाइ नखाइ झर्यौं
हामी त एक नम्मरको अधोगतिशील पो पर्यौं

पहिले गाउॅं घर र बस्तीमा सुहायौं खुबै रुवायौँ
अहिले धन्नै हामीले देश र जनतासॅँगै डुबायौँ
कहिले हामीले सरकार मिलेर कि पेलेर बनायौँ
अहिले आफ्नै टाउकोमा पानी ठेलेर खन्यायौ
हामीले न त यो देश नै संझेर अलि राम्रो बनायौँ
बरु समय पाएमा बसेर सुके लुतो मजैले कनायौँ

पहिले हामीले ठाट सॅंग बर्ष गाठ गाउँमै मनायौँ
अहिले हामीले ढांटसँग ठुलै गाँठ ठाउँमै बनायौँ
हामीले बसी बसी पैसो कमाउनु सम्म नै कमायौँ
विकाशै नगरी देश युरोप र अमेरिका बराबर बनायौँ

भ्यालीमा आयौ र्याली लगाउॅंदै दिवश मनायौँ
यतै पसी घरबार बसी ठुला ठुला दरबार बनायौँ
दरबार भित्र सँगै बसी धनयुद्ध दिवस मनायौँ
शहीदको सपनामा एक बाल्टी चिसो पानी खनायौँ

कहिले ठुलो भयौ वेलुन जस्तै पुक्क परेर फुक्यौँ
अहिले आकाशतिर फर्केर आफ्नै मुखमा थुक्यौँ
पहिले ठुलो थियौँ अहिले सुकेर मरिच झैं भयौँ
हेर्दा हेर्दै हामी नराम्ररी खेरै गयौंँखै के भयौँ भयौँ ?

०००
क्यानडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लुताे

लुताे

चन्द्रप्रसाद न्याैपाने
सुके लुतो !

सुके लुतो !

उत्तम विचार
छिः मेरा बा

छिः मेरा बा

चेवनचन्द्र बस्नेत
लुताे फालेँ मैले

लुताे फालेँ मैले

रामप्रसाद पन्थी
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
0
Would love your thoughts, please comment.x
()
x