पदम भण्डारीसम्झियो
अपराधको दुनियामा, रम्ने मान्छे देख्दा तिनीहरु जाने आर्य, घाट सम्झियो ।

पदम भण्डारी :
आफू जन्मिएको गाउँ, माटो सम्झियो
आमासँगै घट्ट ग’को, बाटो सम्झियो ।१।
आफ्ना साथी भाइसँग, खेलेका ती चउर
भीर पाखो बारीको त्यो, पाटो सम्झियो ।२।
कमेरो र रीठ्टा खोजि, नुहाएको शरिर
खरानीले धोएका लुगा, फाटो सम्झियो ।३।
राधिकाले मलाई किन, जिस्काएको भन्दै
हानेको त्यो झटारो र, भाटो सम्झियो ।४।
शहरतिर कुकुरहरु, डोर्याई हिँड्ने देख्दा
गोठको खसी बोको अनि, पाठो सम्झियो ।५।
शहरको पिज्जा बर्गर, मःम भन्दा मीठो
गाउँको मकै रोटो पीठो, आटो सम्झियो ।६।
अपराधको दुनियामा, रम्ने मान्छे देख्दा
तिनीहरु जाने आर्य, घाट सम्झियो ।७।
०००
चितवन
Subscribe
Login
0 Comments
Oldest


































