साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठोक्तक

Nepal Telecom ad

१.
सयको हजार हुन थाल्यो कसरी बाँच्ने हो ?
सिस्नुझैं बजार हुन थाल्यो कसरी बाँच्ने हो ?
टालाटुलीको पुतलीजस्तो नौरङ्गी यो सरकार
लुटेराकै मतियार हुन थाल्यो कसरी बाँच्ने हो ?

२.
करमाथि चन्दा लिइरहेको छस् स्यावास सरकार
दुखियाका आँसु पिइरहेको छस् स्यावास सरकार
केही पनि दिएन भन्नेहरूका मुखमा बुजो लगाउन
महङ्गी र कुशासन दिइरहेकै छस् स्यावास सरकार ।

३.
जङ्गलको ढेँडुलाई महाराजको पगरी भिराएपछि
पीडकको बदला पीडितलाई जरिवाना तिराएपछि
कस्तो हुँदोरहेछ देशको अवस्था हेर्दै जानुस् महोदय
चिडियाखाना पठाउनु पर्नेलाई सिंहदरवार छिराएपछि ।

४.
सन्धिसर्पनझैँ आफ्नै चाहनामा नुन छर्केर बसेको छु
दुख्छ यो मुटु चस्किइरहन्छ शिशाझैँ चर्केर बसेको छु
म मान्छे हुँ कि अरू केही मैले भनेर कहाँ हुँदो रहेछ र
प्रमाणित गर्ने परमात्माको परमादेश पर्खेर बसेको छु ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली-१६६

बेलाको बोली-१६६

डा. ऋषि बस्ताकाेटी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
बेलाको बोली – १६५

बेलाको बोली – १६५

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x