साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँच ठोकान

जस्तो गर्‍यौ तिमीले त्यस्तै गरौंला म पनि एक हातको थपडी त कहाँ बज्दो रहेछ र ।

Nepal Telecom ad

१.
नजानुको नतिजा गएपछि थाहा हुन्छ
दुखाईको गहनता सहेपछि थाहा हुन्छ
भएको जे छ त्यो सस्तो कदापि नठान्नु
हुनुको अर्थ के हो नभएपछि थाहा हुन्छ ।

२.
प्रेमको परिभाषा दिलको निर्बन्धनमा खोज्नु
शून्यमा खोज्नु निराकार निरञ्जनमा खोज्नु
कहिँ कतै संशय या प्रश्नहरू बाँकी छन् भने
जवाफ आफ्नै अनुभूति र स्पन्दनमा खोज्नु ।

३.
एउटा सकिन्छ र अर्काको पालो शुरु हुन्छ
कतै अँध्यारो हुँदा कतै उज्यालो शुरु हुन्छ
भ्रम मात्रै हो बुझ्नु नजिक र टाढा भन्नू पनि
सबै तर्किन्छन् यात्रा जब ओरालो शुरु हुन्छ ।

४.
सुन्दैन सुन्नु पर्नेले व्यर्थैमा कराउनु मात्र
आफ्नै यो ज्यान अधमरो गराउनु मात्र
कति सराप्नु हँ यी प्रदूषित नेताहरूलाई
बित्थामा आफ्नै मुख बिटुल्याउनु मात्र ।

५.
नोटबन्दी भएको नोट कहाँ भज्दो रहेछ र
सहरलाई गाउँका कुरा कहाँ जँच्दो रहेछ र
जस्तो गर्‍यौ तिमीले त्यस्तै गरौंला म पनि
एक हातको थपडी त कहाँ बज्दो रहेछ र ।

गुल्मी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
घोल

घोल

शिवप्रसाद जैशी
चार ठाेक्तक

चार ठाेक्तक

ज्ञानुवाकर पौडेल
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

प्रमुना पाैडेल ‘अदृश्य मन’
0
Would love your thoughts, please comment.x
()
x