साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठोक्तक

विसङ्गत वर्तमानले रेटिएको के कुरा गर्नु हो कमजोर निर्बलमा समेटिएको के कुरा गर्नु हो ।

Nepal Telecom ad

१.
कसैलाई सागर त कसैलाई कुवा हुन मनपर्छ
कसैलाई फाली त कसैलाई जुवा हुन मनपर्छ
यो रुचिको विषय हो, जसले जेसुकै भनेपनि
कसैलाई बादशाह, कसैलाई दुवा हुन मनपर्छ।

२.
बगरमा फुल्नेहरू सबै सबै काँस हुन सक्दैन
ठूलो अण्डा पार्दैमा कुखुरा हाँस हुन सक्दैन
के पो हुन्छ र, आफ्नो भाउ चुरीफुरी देखाएर ?
जति नै बढे पनि निँगालोले बाँस हुन सक्दैन।
३.
विसङ्गत वर्तमानले रेटिएको के कुरा गर्नु हो
कमजोर निर्बलमा समेटिएको के कुरा गर्नु हो
म जवाफ दिनेवाला छैन, हालखबर सोधे पनि
आफूबाट स्वयं म लखेटिएको के कुरा गर्नु हो ।

४.
बेसरमीको चुरीफुरी कति दिनको रैछ हेरौँ
हाम्रो यो निकट दूरी कति दिनको रैछ हेरौँ
शङ्काको बीउ रोपिएको त्यसै कहाँ हो र?
रहर हो कि मजबुरी कति दिनको रैछ हेरौँ ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

रेहित सैजु
तीन ठोक्तक

तीन ठोक्तक

रेहित सैजु
मान्छे महान्

मान्छे महान्

रेहित सैजु
क्रान्ति

क्रान्ति

रेहित सैजु
चटकवाद

चटकवाद

रेहित सैजु
तीन ठोक्तक

तीन ठोक्तक

रेहित सैजु
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x