साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठाेक्तक

बाँच्नका लागि जूनभन्दा महत्वको दियो हुन्छ सिलाउन टाल्न काम लाग्ने धागो र सियो हुन्छ आफ्ना नलागुन् पराई लागेर केही पनि नापिन्न सत्तुर लागे घरभित्रको एकता झन् बलियो हुन्छ ।

Nepal Telecom ad

रुद्र ज्ञवाली :

१.

मनकाे मैलो कुन साबुनले धुन्छ र महाशय ?
दूधले नुहाएको मान्छे त कुन छ र महाशय ?
आफू बाहेक सबैलाई निर्वस्त्र देख्नु हुन्छ रे !
कुन चस्माको प्रयोग गर्नु हुन्छ र महाशय ?

२.

पिलन्धरे पाराले नालिस गरेको कत्ति सुहाउन्न
सत्य तथ्य ढाकेर पालिस गरेको कत्ति सुहाउन्न
स्वाभिमान र आत्मसम्मान बिर्सेर कुनै स्रस्टाले
खुट्टामा कसैको मालिस गरेको कत्ति सुहाउन्न ।

३.

बाँच्नका लागि जूनभन्दा महत्वको दियो हुन्छ
सिलाउन टाल्न काम लाग्ने धागो र सियो हुन्छ
आफ्ना नलागुन् पराई लागेर केही पनि नापिन्न
सत्तुर लागे घरभित्रको एकता झन् बलियो हुन्छ ।

४.

संविधान कानुनमा यस्तै धुन आलाप रहेछ कि कुन्नि
सुन्दा यस्तो लाग्छ कुनै समयको पाप रहेछ कि कुन्नि
बारुलो र अरिङ्गालले टोक्यो भने पनि सराप्छन् गाँठे
बाहुनको जातमा जन्म लिनु अभिशाप रहेछ कि कुन्नि ।

०००

भैरहवा ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x