साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सहरिया बाघ

धर्मप्रसादले मुल ढोकामा गरालो (आँग्लो वा गजबार) लगाए । दुवै जना सुरक्षित भएर घरभित्र पसे । लक्ष्मणले भने “आजभोलि मानिस सहरिया बाघ भएको छ नि !”

Nepal Telecom ad

विवेक शर्मा गौतम :

मानिसले भरिएको जङ्गल भित्रको डर लाग्ने कहानी धर्मप्रसादले सुनाए । धर्मप्रसादका ज्वाइँ लक्ष्मणले बाघको आवाज सुनेका थिएनन् । “म त आवाज सुन्छु” भनेर उनी घर बाहिर निस्के ।

त्यसैबेला उनको नजिकैबाट सुनौलो बाँदर फुत्त निस्क्यो। “बाघ !” भनेर चिच्याए । मन डङडङति काँप्यो । होस हवास गुम्यो । लक्ष्मण थचक्क भुईँमा बसे । धर्मप्रसादले ज्वाइँलाई समाउनुको सट्टा आफ्नो सुनको कुकुरलाई अँगालो हाले । लक्ष्मणले मन मनै भने- “के हो यस्तो ? आज भोलि ससुरालमा ज्वाइँलाई भन्दा बढी कुकुरलाई चिन्ता र स्याहार सम्हार गर्छन ।” बाघको आतङ्क देखेर गाउँका सबैले गोठभित्र गाई वस्तु बाँधे । थाल कचौरा ठटाए । गाउँभरिका मान्छेले हैट हैट ! हा हा ! हु हु ! गरे । ढुङ्गा मुढा गरे । बाघ घुर्किँदै जङ्गलबाट शहर लाग्यो ।

“तर आजभोलि बाघले नुनदेखि सुन, उड्नेदेखि गुड्ने सबै खाइदिन्छ नि !” धर्मप्रसादले भने ।
“हेर्नुहोस् ससुराज्यू, मानिसको धर्म सबै प्राणी जगतलाई बचाउनु हो तर रहेन ।” लक्ष्मणले भने ।
धर्मप्रसादले मुल ढोकामा गरालो (आँग्लो वा गजबार) लगाए ।

दुवै जना सुरक्षित भएर घरभित्र पसे । लक्ष्मणले भने “आजभोलि मानिस सहरिया बाघ भएको छ नि !”

०००
टोखा ३, काठमाडौं ।
२०८०/०४/२८

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
थिति

थिति

विवेक शर्मा गाैतम
बागमतीको रोष

बागमतीको रोष

विवेक शर्मा गाैतम
पेटारो

पेटारो

विवेक शर्मा गाैतम
धोका

धोका

विवेक शर्मा गाैतम
संविधान

संविधान

विवेक शर्मा गाैतम
कार्यालयको काम

कार्यालयको काम

विवेक शर्मा गाैतम
व्यङ्ग्य लेख्नु भो हजुर ?

व्यङ्ग्य लेख्नु भो हजुर...

ठाकुरप्रसाद अधिकारी
कलश चोरलाई खुलापत्र

कलश चोरलाई खुलापत्र

चिरञ्जीवी दाहाल
दुइमुखे म

दुइमुखे म

सञ्जय साह मित्र
भ्रम

भ्रम

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x