विवेक शर्मा गाैतमसहरिया बाघ
धर्मप्रसादले मुल ढोकामा गरालो (आँग्लो वा गजबार) लगाए । दुवै जना सुरक्षित भएर घरभित्र पसे । लक्ष्मणले भने “आजभोलि मानिस सहरिया बाघ भएको छ नि !”

विवेक शर्मा गौतम :
मानिसले भरिएको जङ्गल भित्रको डर लाग्ने कहानी धर्मप्रसादले सुनाए । धर्मप्रसादका ज्वाइँ लक्ष्मणले बाघको आवाज सुनेका थिएनन् । “म त आवाज सुन्छु” भनेर उनी घर बाहिर निस्के ।
त्यसैबेला उनको नजिकैबाट सुनौलो बाँदर फुत्त निस्क्यो। “बाघ !” भनेर चिच्याए । मन डङडङति काँप्यो । होस हवास गुम्यो । लक्ष्मण थचक्क भुईँमा बसे । धर्मप्रसादले ज्वाइँलाई समाउनुको सट्टा आफ्नो सुनको कुकुरलाई अँगालो हाले । लक्ष्मणले मन मनै भने- “के हो यस्तो ? आज भोलि ससुरालमा ज्वाइँलाई भन्दा बढी कुकुरलाई चिन्ता र स्याहार सम्हार गर्छन ।” बाघको आतङ्क देखेर गाउँका सबैले गोठभित्र गाई वस्तु बाँधे । थाल कचौरा ठटाए । गाउँभरिका मान्छेले हैट हैट ! हा हा ! हु हु ! गरे । ढुङ्गा मुढा गरे । बाघ घुर्किँदै जङ्गलबाट शहर लाग्यो ।
“तर आजभोलि बाघले नुनदेखि सुन, उड्नेदेखि गुड्ने सबै खाइदिन्छ नि !” धर्मप्रसादले भने ।
“हेर्नुहोस् ससुराज्यू, मानिसको धर्म सबै प्राणी जगतलाई बचाउनु हो तर रहेन ।” लक्ष्मणले भने ।
धर्मप्रसादले मुल ढोकामा गरालो (आँग्लो वा गजबार) लगाए ।
दुवै जना सुरक्षित भएर घरभित्र पसे । लक्ष्मणले भने “आजभोलि मानिस सहरिया बाघ भएको छ नि !”
०००
टोखा ३, काठमाडौं ।
२०८०/०४/२८
Subscribe
Login
0 Comments
Oldest








































