साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जा जा जा अब जा

जा जा जा सब भ्रष्टका निकट जा, ती मुर्खका साथ जा गुन्डा तस्कर दुष्ट उग्र खलका, सम्पर्कमा पर्न जा जा जा जा अझ देशको रहरको, सङ्घीयता मोड्न जा पार्छस् खण्डित देशको यदि भने, जा नर्क या स्वर्ग जा

Nepal Telecom ad

के. पी. पौडेल :

जा जा जा सरकारमा सदनमा, मन्त्री बडा बन्न जा
नौला काण्ड रचेर यो मुलुकमा, पीडा दशा रोप्न जा
आफ्नाका परिवारका जननका, कोटा नयाँ थप्न जा
बिक्छस् दाम र मानमा यदि भने, जा नर्क या स्वर्ग जा ॥१

जा जा जा अब जा उँभोतिर तँ जा, पाताल भासी नजा
गर्छस् घात खुबै निरन्तर भने, त्यो कालको साथ जा
बन्छस् काल करालझैँ असुरझैँ, आकाशझैँ दूर जा
रोप्छस् क्रन्दन देशमा यदि भने, जा नर्क या स्वर्ग जा ॥२

जा जा जा पर जा ल है उपर जा, भागेर अन्तै तँ जा
चासो छैन ल भूमिको यदि भने, यो देश छोडेर जा
गर्छस् गन्थन मात्र उग्रपनले, खोक्छस् अझै दूर जा
मास्छस् दौलत देशको यदि भने, जा नर्क या स्वर्ग जा ॥३

जा जा जा अझ उच्च भागतिर जा, आफन्तका माझ जा
अड्डा दुर्ग वडा अदालत सभा कब्जा गराएर जा
शिक्षा क्षेत्र र अस्पताल सबमा, नेतृत्व आफ्नै चला
गर्छस् शासन जालले यदि भने, जा नर्क या स्वर्ग जा ॥४

जा जा जा अब जा सुरा पसल जा, रोजेर भट्टी तँ जा
बेँसी लेक पहाडसम्म जग जा, कैलाश या धाम जा
दोहोरी शुभ साँझ होटल ल जा, बोकेर पैसा तँ जा
फाल्छस् नाक समाजको यदि भने, जा नर्क या स्वर्ग जा ॥५

जा जा जा सब भ्रष्टका निकट जा, ती मुर्खका साथ जा
गुन्डा तस्कर दुष्ट उग्र खलका, सम्पर्कमा पर्न जा
जा जा जा अझ देशको रहरको, सङ्घीयता मोड्न जा
पार्छस् खण्डित देशको यदि भने, जा नर्क या स्वर्ग जा ॥६

जा जा जा अब थप्न जा मनुजमा, पीडा व्यथा रोप्न जा
सक्छस् लुट्न विकासको निहुँ गरी, सारा कुरा मास्न जा
पाल्छस् दुर्जन बढ्छ सङ्कट भने, पाताल या अन्त जा
गर्छस् शासन भ्रष्टको यदि भने, जा नर्क या स्वर्ग जा ॥७

०००
बट्टार, नुवाकोट ।
हाल  बालाजु, काठमाडौं ।
मोबाइल नं. ९८४१७५८१८४

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भुवाहरू

भुवाहरू

डा. दामाेदर पुडासैनी किशाेर
जीवन अरुको नाममा

जीवन अरुको नाममा

गोवर्द्धन पूजा
भर्‍याङ

भर्‍याङ

फित्काैली डटकम
भिषा लाग्यो

भिषा लाग्यो

भाेज अर्याल
गीत्कौली

गीत्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x