अमर सन्ततितीन ठोक्तक
शहरतिर महिना दिनअघि तीज आउँछ अरे आफ्नो भने के खाऊँ अहिले,के खाऊँ छ भरे जति हड्डी घोटे पनि पाइनँ मैँले कहिलै सुख , पाइएछ नि कस्तो जुनी ? लाग्छ दिक्क हरे !

अमर सन्तति :
१.
जता पनि दरैदर छ कता जाऊँ मैँले
चलेको छ होडबाजी नै दर खाने ऐले
समयसँगै फेरिएछ तीजको मौलिकता,
अघिल्लो दिन मात्रै खान्थे दर पैलेपैले ।
२.
बासी भात छ तताएर खाइबक्सेला हजुर
ढोका लगाई अफिसतिर गइबक्सेला हजुर
ठूलै होटल बुक छ हाम्रो आज दर खानलाई
हिँडे म त , बेलुका छिट्टै आइबक्सेला हजुर ।
३.
शहरतिर महिना दिनअघि तीज आउँछ अरे
आफ्नो भने के खाऊँ अहिले,के खाऊँ छ भरे
जति हड्डी घोटे पनि पाइनँ मैँले कहिलै सुख ,
पाइएछ नि कस्तो जुनी ? लाग्छ दिक्क हरे !
०००
रामेछाप, हाल भक्तपुर
Subscribe
Login
0 Comments
Oldest





































