साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँच ठोक्तक

आगो सौर्य रूप हो, सृष्टिको नायक कहलाउँछ सन्तुलित उपयोगमा यसैले सभ्यता चलाउँछ मर्दापर्दा व्यहोर्ने झिल्को बहुआयामिक प्रयोगमा, गल्तीका रौद्ररूपले सम्पूर्ण जगत जलाउँछ ।

Nepal Telecom ad

इ. कुमार खड्का :

१.
अग्रगामी मानिसको मन, मुटुमा आशा हुन्छ
अवसरवादी चरित्रको दुईजिब्रे भाषा हुन्छ
छाती चिसो पार्नुभन्दा आत्मबोधको ध्येय राम्रो,
वस्तुगत मूल्याङ्कनले सम्हालिनु खासा हुन्छ ।

२.
हिजो डङ्का पिट्थ्यो, आजकल कतै भुक्दै होला
धुत्र्याइँको नमुना थियो, याचनामा झुक्दै होला
किर्ते सतरन्जमा झुटको माहोल बनाउँदै हो, वा
गोहीको आँसु झारेर विरहको धुन फुक्दै होला ?

३.
पूर्णचन्द्रको आभासँगै लोभिन्छ यो मन दङ्ग भै
क्षीर सागरको डुबुल्कीमा पग्लँदो प्रेम तरङ्ग भै
शब्दचित्रका लालित्यभित्र बहकिँदो मौनताले,
नसाका प्यालामा मदहोसीले झुम्छन् भाव भङ्ग भै ।

४.
आगो सौर्य रूप हो, सृष्टिको नायक कहलाउँछ
सन्तुलित उपयोगमा यसैले सभ्यता चलाउँछ
मर्दापर्दा व्यहोर्ने झिल्को बहुआयामिक प्रयोगमा,
गल्तीका रौद्ररूपले सम्पूर्ण जगत जलाउँछ ।

५.
शैक्षिक क्षेत्र लथालिङ्ग राजनीतिको प्रेत छिर्छ
उच्छृङ्खलता अघि बढ्दा साँच्चै जेहन्दारलाई पिर्छ
व्यवस्थापन अस्तव्यस्त अनावश्यक हस्तक्षेपले,
दुरवस्था गुणस्तरको अब क्षति कसले तिर्छ ?

०००
आलापोट, काठमाडौं
शीर्षकविहीन शीर्षकहरु (२०८२)

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
kumar khadka
kumar khadka
10 hours ago

धन्यवाद फित्कौली परिवार ! धन्यवाद नरनाथ गुरु 🙏

Nepal Telecom ad
चार ठाेक्तक

चार ठाेक्तक

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
1
0
Would love your thoughts, please comment.x
()
x